बयान दिन गएका डिएसपी नै फरार……..

बैशाख ११, २०७५  काठमाडौं । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा गृहमन्त्रालयमा बयान दिन गएका डिएसपी सञ्जय राउत मन्त्रालयबाटै फरार भएका छन् । बयान नसकिँदै बहाना बनाएर बयान कक्षबाट बाहिर निस्केका राउत अचानक फरार भएपछि उनलाई पक्राउ गर्न गृह मन्त्रचालयमा रहेको प्रहरी अधिकारी परिचालन गरिएको थियो । तर, राउत प्रहरीको आँखा छल्दै पुतलीसडकतर्फको गेटबाट फरार भएको गृहमन्त्रालयका एक अधिकारीले जानकारी दिए । राउत इलाका प्रहरी कार्यालमा इटहरीका कार्यरत थिए । सुन तस्करीको मुख्य नाइकेचुणामणि उप्रेती ‘गोरे’ले तस्करी गरेर ल्याएको ३३ किलो सुन हराएपछि यातना दिने क्रममा मोरङ उर्लाबारीका सनम शाक्यको मृत्यु भएको थियो । सोही घटनामा प्रहरीको भूमिका शंकास्पद भन्दै गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिले छानविन गरिरहेको छ । अहिले गृहमन्त्रालयमा अपराध महाशाखाका सई बालकृष्ण सञ्जेल र अपराधकै अर्का सई गजेन्द्र रावलको बयान लिने क्रम जारी छ । राउतसँग फोन सम्पर्क गर्दासम्पर्क हुन नसकेको र भोलि बिहानसम्म सम्पर्कमा नआएमा डिएसपी राउतलाई फरार सूचीमा राखेर खोजिने छानबिन समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार