७२ औं साहित्य श्रृंखलामामा बर्माका कवि

  ७२ औं साहित्य श्रृंखलामामा बर्माका कवि

  २९ अप्रिल, हङकङ–  विश्व नेपाली साहित्य महासंघ समन्वय समिति म्यानमार बर्मा तथा थाईल्याण्डका अध्यक्ष लक्ष्मण न्यौपाने संगको नेपाली भाषा तथा साहित्य बारे विशेष भलाकुसारी, सृजना वाचन तथा समीक्षा गर्दै श्रृंखलाका संयोजक डी.बी. पालुङ्वाको अध्यक्षतामा ७२ औं साहित्य श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो ।
व्यक्तिगत भ्रमणका क्रममा हङकङ आईपुगेका न्यौपानेलाई साहित्य श्रृंखलाको तर्फबाट खदा लगाएर सम्मान गरिएसंगै उपस्थित कवि तथा साहित्यकारहरु पूर्णिमा शाह, रमण गुरुङ, दाजु गुरुङ, सुनिता गिरी, डी.बी. पालुङवा, डोम राना, टोपबहादुर याक्खा, पवित्रा राई, दिपेन्द्र राई, चन्द्र मादेन “आन्छन”, देश सुब्बा लगायतले सृजना वाचन गरेका थिए ।
सृजना वाचनकै क्रममा कार्यक्रमका विशेष व्यक्तित्व लक्ष्मण न्यौपानेले बर्मामा नेपाली भाषा र साहित्यको अवस्था बारे बोल्दै हङकङ, भारत, बेलायत लगायत विश्वका अन्य मूलुकका नेपालीहरु नेपालसंग जोडिएर रहेका भएता पनि बर्माका नेपालीहरु नेपाली भएर पनि छुट्टै रहेको बताए । “बर्माका नेपालीहरु न आफ्नो नेपालको पुर्खौली थातथलो बारे बोल्न सक्छन न त आफ्ना पुर्खा बारे नै ज्ञान छ, त्यसैले नेपाली भएर, नेपाली भाषाको ज्ञान भएर पनि हामी बर्मेलीहरु अन्य मुलुकका नेपाली भन्दा छुट्टै छौं” उनले थपे ।
कार्यक्रमको अन्त्यमा संयोजक डी.बी. पालुङवाले उपस्थित सबैलाई धन्यवाद सहित समीक्षात्मक भनाईहरु राख्दै कार्यक्रमको अन्त्य भएको घोषणा गरेका थिए ।
साहित्य श्रृंखलाद्धारा नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ६ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा, कृति प्रकाशन तथा स्रष्टा सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार