खोटाङ समाज हङकङको २० औं वार्षिकोत्सवमा सम्मन्न

  टोपबहादुर याक्खा

२९ अप्रिल, हङकङ– समाजका अग्रज व्यक्तित्वहरुलाई सम्मान सहित विविध कार्यक्रमहरुका साथ खोटाङ समाज हङकङको २० वार्षिक उत्सव मंकिहिलमा सम्पन्न भयो ।
समाजका अध्यक्ष टिका कोयु राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि समाजका संस्थापक उपाध्यक्ष एवं बुद्धिजिवी किन्दर राई रहेका थिए । त्यस्तै गरी भोजपुर समाजका अध्यक्ष खडग राई, किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राई लगायत विभिन्न समाजका अध्यक्ष, प्रतिनिधी तथा समाजका सल्लाहकारहरुलाई मञ्चमा आसन गराईएको थियो ।
समाजका सचिव संजोग राईद्धारा संचालन गरिएको औपचारिक कार्यक्रमका सभापति तथा प्रमुख अतिथिद्धारा पानसमा बत्ती बालेर उद्धघाटन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले खोटाङ समाजको महत्व र योगदान माथि चर्चा गरेका थिए भने समाजका ज्येष्ठ नागरिक तथा विशेष व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
जिल्लाबासीहरुको बाकुलो उपस्थिति रहेको उक्त कार्यक्रममा बि.बि.क्यू. लगायत विभिन्न नेपाली परिकारहरुको सःशुल्क व्यवस्था समेत रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार