विमानस्थलबाट ४२१ पटक सुन तस्करी

  बगैचा सम्वाददाता

काठमाडौं
नेपालमा संगठित रुपमा सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती (गोरे) को योजनामा चार वर्षयता त्रिभुवन विमानस्थलबाट ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको छ । साढे ३३ केजी सुन प्रकरणको छानविन गर्न गठित समितिले विभिन्न स्थानबाट बरामद गरेको रजिष्टरमा ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको हो । समितिलेसाढे ४ वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ । समितिले बरामद गरेको रिजष्ट्रारमा सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम र भरियाको नाम समेत उल्लेख भएको छ । उनीहरुले सुन तस्करीका लागि तत्कालीन विमानस्थल प्रहरीको सिङ्गो सेटसँगै सेटिङ मिलाएर भेटिएको छ । गोरे समूहले प्रहरीसँग सेटिङ मिलाउन कुल २ करोड २० लाख ७७ हजार रुपैयाँ प्रहरीलाई बुझाएको लेजर समेत फेला परेको जनाएको छ । प्रहरीलाई बुझाएको रकमको विस्तृत विवरण समूहले एउटा डायरीमै उल्लेख गरेको छ । गोरेले प्रहरी अधिकारीहरुलाई मामा भनेर सम्बोधन गरेका छन् । तत्कालिन प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री, प्रहरी उपरक्षिक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का र प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरले पैसा लिएको अभिलेख रहेको बुझिएको छ । त्यसरी तत्कालीन डीआईजी निरौलाले ३ पटक गरेर १७ लाख रुपैयाँ, एसएसपी श्याम खत्रीले १६ पटकमा १ करोड १२ लाख ९२ हजार रुपैयाँ, एसपी विकासराज खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ र डिएसपी सञ्जयबहादुर राउतले ६ पटकमा १५ लाख रुपैयाँ गोरेबाट लिएको खुलेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार