चार वटा अध्यादेश प्रस्तुत………

बैशाख २४, २०७५   संघीय संसद्को दोस्रो अधिवेशन आइतबारबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारबाट सुरु हुने गरी बैठक आव्हान गर्नुभएको हो । प्रतिनिधि सभा बैठककोे सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट अधिवेशन आव्हानसम्वन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । शहिदको सम्झनामा १ मिनेट मौनधारण गरेपछि बैठक कार्यसूचीमा प्रवेश गरेको थियो । संविधान अनुसार संसद् अधिवेशनको आव्हान र अन्त्य राष्ट्रपतिले गर्ने व्यवस्था छ । सभामुख महराले बुधबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी अधिवेशनभरको सम्भावित कार्यसूचीबारे जानकारी गराउनुभएको थियो । उहाँले असार अन्तिम सातासम्मको कार्ययोजना प्रस्तुत गर्नुभएको हो । राष्ट्रिय सभाले पनि असारसम्मको सम्भावित कार्यसूची बनाइसकेको छ । संघीय संसद्को पहिलो बैठक फागुन २१ गतेबाट ठीक १ महिनासम्म चलेर फागुन २० गतेबाट अन्त्य भएको थियो । प्रतिनिधि सभामा ११ र राष्ट्रिय सभामा १० वटा बैठक बसेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार