वर्षाले मन्थली डुवानमा, रणजोर खोलाले ७ विद्यार्थी बगायो……..

३१ बैशाख २०७५,  रामेछाप – मन्थलीमा गएको मध्यरातदेखि परेको ठूलो वर्षात पछि खोलामा आएको बाढीले बगाउँदा सोमबार कक्षा ११ को परीक्षा दिन गएका एक विद्यार्थी बेपत्ता भएका छन्। सोमबार सदरमुकाम मन्थलीमा रहेको मन्थली शहिद स्मृति बहुृमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत छात्रा कृष्मा फुयाल रणजोर खोलाले बगाउँदा बेपता भएकी छन्। मन्थली नगरपालिका ७ मा रहेको रुद्राक्षेश्वर उच्च मावि परिक्षा केन्द्रमा परिक्षा दिन गइरहेका ७ जना विद्यार्थीहरुलाई रणजोर खोलाको बाढीले बगाएको थियो। खोलाले वगाएर तामाकोशी नदीमा पु-याएका मध्ये ४ जना विद्यार्थी भने पौडिएर निस्किन सफल भएका थिए। २ जनालाई भने उद्धार गरिएको र एकजना अझै बेपता छन्। बेपताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले बताए। उनले अन्य विद्यार्थीलाई पनि खोलाले बगाएको हुन सक्ने आशंका गरिएको बताए। बजार आसपासका केही क्षेत्र डुवानमा परेका छन्। मध्यरातदेखिको पानीले बजार आसपासमा रहेका खोल्साखाल्सीहरुमा एक्कासी पानीको बहाब बढन थालेपछि स्थानीय चिन्तित बनेका छन्। वर्षात पछि आएको बाढीले मन्थली बजारको बसपार्क र खाँदबारी लगायतका क्षेत्रका केही बस्ती डुवानमा परेका छन्। बाढीले केही घर र पसलहरुमा समेत क्षति पु-याएको छ। ब्स्ति डुवानमा पर्न थालेपछि स्थानीएको उद्दारमा प्रहरी खटिएको छ। पानीले सडक समेत अबरुद्ध हुन पुगेका छन्। सडक अबरुद्ध हुँदा सवारी आवागमन प्रभावित बनेको छ। रोेकेर राखेका यातायातका साधानहरु समेत भल र गेगरले पुरिएका अवस्थामा अलपत्र रहेका छन्। सवारी नचल्दा जिल्लाबाट बाहिरने सर्वसाधारण मारमा परेका छन्। अवरुद्ध रहेको सडकलाई खुलाउने र पुरिएका यातायातका साधनहरुलाई निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार