मापदण्डविपरीत गाडी चलाउन पाउनुपर्ने माग………

जेठ १०, २०७५    सिन्धुली – सिन्धुली सवारी चाप र भारवहन क्षमताभन्दा बढीका गाडी चलाउन प्रशासनले कडाइ गरेपछि उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु मापदण्डविपरीत सवारी सञ्चालन सुचारु गर्न मन्त्रालयमै पुगेका छन् । उनीहरुले भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठलाई भेटेर मापदण्डविपरीत यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । बढी भार क्षमताका गाडीका कारण बीपी राजमार्गको भविष्य खतरामा पर्दै आएको छ ।  भारवहन क्षमताभन्दा बढीका मालवाहक तथा यात्रुवाहक सवारीका कारण बिग्रँदै गएको राजमार्गमा स्थानीय प्रशासनले ३ देखि १० टनभन्दा बढी भार क्षमताका सवारी चलाउन रोक लगाएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार