५ संस्थान घाटामा………

जेठ १३, २०७५  काठमाडौं–जनक शिक्षा सामाग्री, दुग्ध विकास संस्थान लगायत पाँच संस्थान सर्वाधिक नोक्सानमा गएका छन् । आर्थिक वर्ष २०७३/७४ मा जनक शिक्षा सामाग्री केन्द्र उच्च नोक्सान बेहोर्ने संस्थानमा दर्ज भएको छ । जनक शिक्षा ३१ करोड ६२ लाख रुपैयाँ घाटामा छ । दुग्ध विकास संस्थान २१ करोड ३९ लाख नोक्सानमा छ भने नेपाल खानेपानी संस्थान २० करोड ७९ लाख घाटामा रहेको अर्थमन्त्रालयले सार्वजनिक गरेको सार्वजनकि संस्थानको वार्षिक स्थिती समिक्षाले देखाएको छ । घाटामा रहनेमा नेपाल औषधी लिमिटेड (१३ करोड ८९ लाख घाटा) र नेपाल ओरियन्टल म्याग्नेसाइट प्रालि (११ करोड ९५ लाख घाटा) रहेको देखिएको छ । जनक शिक्षा सामाग्रीको मात्र समग्र संस्थानमा २५.३ प्रतिशत नोक्सानी हो । यता, आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी नाफा गर्ने नेपाल टेलिकम देखिएको छ । नेपाल दुरसञ्चार कम्पनीले १५ अर्ब ३७ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ । यस वर्ष सर्वाधिक नाफा कमाउने संस्थानमा नेपाल टेलिकम लगायतका कम्पनी रहेका छन् । नेपाल आयल निगम, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक रहेको छ । आयल निगमले १० अर्ब ४१ करोड १४ लाख, नेपाल बैंकले ३ अर्ब ११ करोड ७९ लाख, राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब ७७ करोड ६३ लाख र कृषि विकास बैंकले २ अर्ब ५६ करोड कमाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार