प्रेस विज्ञप्ति………

 प्रेस विज्ञप्ति –२०७५।०२।१६

१. गीतकार सङ्घ नेपालले स्रष्टा सर्जकको उत्साह क्रियाशिलता र सम्मानको लागि हरेक बर्ष राष्ट्रिय स्रष्टा सम्मान को कार्यक्रम आयोजना गर्दै आईरहेको कुरा सर्वविदितै छ । यस बर्ष छैटौँ ‘राष्ट्रिय स्रष्टा सम्मान ’,‘बर्ष गीत पुरस्कार ’,‘बर्ष गीत पुस्तक पुरस्कार’, ‘डायस्पोरा गीतकार सम्मान’ कार्यक्रम आयोजना हुन गईरहेको सहर्ष जानकारी गराइन्छ ।
२.सङ्घले यस बर्ष अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान २०७४’ बरिष्ठ गीतकार श्री कालीप्रसाद रिजाललार्इृ रु.१,००,००१।– नगद सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गर्ने निर्णय गरेको छ ।
३.संस्थामा आबद्ध सदस्यहस्ले वि.सं.२०७४ मा सार्वजनिक गरेका र संस्थामा विधिवत दर्ता हुन आएका गीतहरु मध्येबाट छनौट समितिको सिफारिसमा बर्ष गीत प्रायोजनका लागि हाललाई उत्कृष्ट १० गीतहरु छनौट भएका छन् ।
बर्ष गीत पुरस्कार २०७४ को प्रयोजनका लागि छनौट भएका १० गीतहरु ः
१)अम्बिका गुरुङ –आँखा लाउछन् ६) पवित्रा राई – अभिनय गर्दै
२)किरण के.सी.क्रोधी–कुनै दिन यी दृष्टि ७)बसन्तराज राज अज्ञात–सपनीमा घरीघरी
३)गणेश श्रेष्ठ ‘अपेक्षा’ –आफू उभिएको ८) डा.राजुबाबु श्रेष्ठ–सम्पति दिए
४)नूतन भूषाल – सुटुक्कै मनमा ९)राजु थापा –भीरै माथि
५) प्रकाश के.सी. – रगत पनि १०)सुमन बैरागी–प्रवासको पीडा
४.छानीएका यी उत्कृष्ट १० गीतहरु मध्येबाट विशेषज्ञ समितिले चयन गर्ने एक सर्वोत्कृष्ट गीतलाई छैठौँ स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नै घोषणा गरी रु ५१ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।
५.साथै छनौट समितिको सिफारिसमा विदेशमा बसी नेपाली गीत लेखनमा सक्रिय रहनु हुने गीतकारहरु मध्येबाट अमेरिका बस्ने गीतकार राखी गौचनलाई ‘डायस्पोरा गीतकार सम्मान –२०७४’ बाट रु ११,०००।– नगद सहित प्रमाणपत्र प्रदान गरिने छ ।
६.बर्ष गीत पुस्तक पुरस्कार’प्रयोजनका लागी छनोट समितिले यस वर्ष निम्न लिखित पुस्तकहरु छनौट गरेको छ ः
१)जानुका राई –आमा २)पूर्ण बहादुर साउद ‘शिरीष’ – गजलको धुन ३)सुमन श्रापित–भावनाको खेती
सो मध्ये विज्ञ समितिले छान्ने एक पुस्तकलाई रु ५१,०००।– नगद राशी सहित प्रमाणपत्र प्रदान गरिनेछ ।
७.बर्ष गीतका लागी यस बर्ष करिब १०० गीत विच प्रतिस्पर्धा भएको थियो भने ११ वटा पुस्तकहरु प्रतिस्पर्धामा थिए ।
धन्यवाद ।

(चूडामणि देवकोटा)
अध्यक्ष

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार