टेम्के तुवाचुङ प्रतिष्ठानको सहयोगार्थ हङकङमा “यारी” प्रदर्शन

  टोपबहादुर याक्खा

२४ जुन, हङकङ– किरात राई जातीको मिथकमा आधारित चलचित्र “यारी” अर्थात “जोखना” हङकङमा सफल प्रदर्शन भयो ।
तेम्के तुवाचुङ प्रतिष्ठानको कोष अभिवृद्धि सहयोगार्थ प्रदर्शन गरिएको उक्त चलचित्र बारे हङकङका दर्शकहरुबाट राम्रो प्रतिकृया पाएको समेत चलचित्रका प्रस्तोता दक्ष कुमार राईले बताए । राई स्वयमले समेत उक्त चलचित्रमा अभिनय गरेका छन् ।
विकास र आधुनिकता नाममा केही व्यक्ति विशेषहरुको दम्भ र श्वार्थमा पहाडका गाउँ ठाउँमा परापूर्वकाल देखि रहेका साकेला थान, मठ मन्दिर, देवी देउराली, चौतारी, धारो पधेरो, बन जंगलहरु भत्काउँदै, मास्दै लैजादा निम्तने प्राकृतिक प्रकोप र भोग्नु पर्ने पीडाहरु बारे चलचित्रले राम्रो शिक्षा पस्किन खोजेको छ ।
बीरबहादुर (युवराज) राईको कथा, निर्देशनका साथै छाँयाङ्कन समेत रहेको उक्त चलचित्रमा निर्भिक राई, ज्योती राई, विमिता राई, दक्ष कुमार राई, जायिका राई आदि कलाकाहरुको मुख्य भूमिका रहेको छ ।
हङकङबासी खोटाङ्गेहरुको पहलमा नेपालमा स्थापित टेम्के तुवाचुङ प्रतिष्ठानले हाल गीत, संगीत, साहित्य, खेलकुद लगायतका विभिन्न रचनात्मक कार्यहरुमा विशेष योगदान दिने व्यक्तिहरुलाई वार्षिक रुपमा नगद सहिद सम्मान गर्दै आएको र उक्त प्रतिष्ठानमा हाल रहेको २ लाख रुपैयाँको अक्षय कोषलाई चलचित्र यारी प्रदर्शनबाट आएको ५० प्रतिशत रकम थप गरी कोष बृद्धि गरिने खोटाङ समाजका निवर्तमान अध्यक्ष तथा प्रतिष्ठानका संस्थापक सदस्य तेज प्रकाश राईले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार