“रिज बिओण्ड प्रिभेन्शन” ले लागु पदार्थ दुर्ब्यासनी बिरुद्ध कार्य गर्ने

  टोपबहादुर याक्खा

१ जुलाई, हङकङ– हङकङबासी नेपाली समुदायमा जटिल समस्याका रुपमा रहँदै आएको लागु पदार्थ दुर्ब्यासनीका बिरुद्ध १ जुलाईबाट “रिज बिओण्ड प्रिभेन्शन”ले कार्य गर्ने भएको छ । याउ मा तेई स्थित हिन्सको कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराईएको हो ।
शितोरियो कराते डो गोर्खा कम्युनिटी हङकङ र हङकङ एकिकृत नेपाली समाज (हिन्स) को संयुक्त पहलमा ल्याइएको उक्त परियोजनाले विशेष गरी लागु पदार्थ दुर्ब्यासनी बिरुद्ध जनचेतना मूलक प्रचार प्रसार तथा दुर्ब्यासनीमा फसेकाहरुको उद्धारको लागि आवश्यक समन्वयको भूमिका निर्वाह गर्ने उक्त परियोजनाका प्रमुख एवं शितोरियो कराते डो गोर्खा कम्युनिटी हङकङका अध्यक्ष हेम पुन मगरले जानकारी दिए ।
पत्रकार सम्मेलनका क्रममा परियोजनाका प्रमुख हेम पुन मगरले भने “विभिन्न स्रोतहरुले दिएको तथ्याङ्क अनुसार हङकङमा रहेका अल्पसंख्यकहरुबाट दुर्ब्यासनीमा फसेकाहरु मध्ये नेपाली समुदाय अगाडी रहेको देखाउँछ, हाम्रा भावि पुस्ताहरुको उज्वल भविस्यका लागि पनि हामीले यो कदम चाल्नै पर्ने अवस्था देखियो । यो हाम्रो सानो र पहिलो प्रयास हो, स्वच्छ समाज निर्माणका लागि पत्रकार, समाजसेवी, बुद्धिजिवी लगायत हङकङबासी समस्त नेपाली दाजुभाइहरुको उत्तिकै साथ, सहयोग र हौसल्लाको अपेक्षा गरेका छौ ।”
हङकङ सरकारद्धारा स्थापित “बिट ड्रग फण्ड” को आर्थिक सहयोगमा ल्याईको उक्त परियोजनाको पम्प्लेट परियोजना प्रमुख एवं शितोरियो कराते डो गोर्खा कम्युनिटी हङकङका अध्यक्ष हेम पुन मगर, हिन्सका अध्यक्ष दुर्गा गुरुङ, सल्लाहकार डा.श्रद्धा खड्का, डाइरेक्टर अधिराज राई र शितोरियो कराते डो गोर्खा कम्युनिटी हङकङका प्रतिनिधी एवं धरान १७ समाज हङकङका अध्यक्ष मधु कुमार राईले सार्वजनिक गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार