काङ्ग्रेस पार्टीभित्रै छ जब्बर अधिनायकवाद……….

असार २४, २०७५  काठमाडौं– प्रदेश र सङ्घीय चुनावका लागि तत्कालीन एमाले र माओवादीले चुनावी गठबनन्धन बनाएपछि अर्थात् गत असोज १७ यता काङ्ग्रेसका हरेक नेताहरू आफ्ना भाषणमा अधिनायकवाद शब्द प्रयोग गर्न छुटाउँदैनन् । अझै केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार बनेपछि त उसले गरेका हरेकजसो निर्णयलाई काङ्ग्रेसले ‘अधिनायकवाद’को सङ्केतका रूपमा व्याख्या गर्दै आएको छ । तर कम्युनिस्ट सरकार र सत्तारुढ दललाई ‘अधिनायकवादी’ विल्ला भिराउने काङ्ग्रेसले आफैभित्र वर्षौंदेखि ‘जब्बर’ बनेको ‘अधिनायकवाद’को जालो भने तोड्न सकेको छैन । काङ्ग्रेसका धेरै नेताहरूले पार्टी सभापति शेरबहादुर देउवा ‘अधिनायकवादी’ बनेको पटक पटक भन्दै आएका छन् । उनीहरूले देउवा सभापतिमा निर्वाचित भएयता पार्टीको विधान उल्लङ्घन गरेर ‘अधिनायकवादी’ बनेको भन्दै त्यसलाई सच्याउन दबाबसमेत दिइरहेका छन् । तर, उनीहरूको यो दबाबलाई देउवाले अर्को महाधिवेशनसम्म विधानको पालना गर्ने भनेर पन्छाउँदै आएका छन् । त्यसो त काङ्ग्रेस पार्टीको विधान नमान्नेमा देउवा पहिलो व्यक्ति भने होइनन् । यसअघि गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइरालालेसमेत विधानलाई एकातिर थन्क्याएर पार्टी सञ्चालन आफ्नै ढङ्गले गर्ने गरेको आरोप नखेपेका भने होइनन् । वर्षांैदेखि पार्टी यसरी नै चल्दै आएको छ । हामीमा यस्तो जब्बर स्वभाव भइसक्यो कि यो परिवर्तन गर्नै जरुरी छैन । त्यसकारण यो प्रवृत्तिले अराजकता र अन्यौलता बढाइदिएको छ । हामीलाई निस्प्रभावी बनाएको छ । कहिलेकाहीँ यो प्रवृत्तिले सही मार्ग पनि देला तर बहुसङ्ख्यक समयको यस्तो निर्णयले सबैभन्दा बढी क्षति पार्टीलाई नै दिएको हुन्छ’, काङ्ग्रेस नेता गगन थापाको तर्क छ । पहिला हेरौँ काङ्ग्रेसभित्रका केही घटनाक्रम, जसलाई पार्टीभित्र ‘जब्बर अधिनायकवाद’ भन्ने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार