देखिरहन्छु जहिले… को म्युजिक भिडियो युट्युवमा सार्वजानिक

काठमाडौं, ७ भदौ । गायक अर्जुन पौडेलको स्वरमा रहेको ‘देखिरहन्छु जहिले…’ म्युजिक भिडियोे युट्युवमार्फत सार्वजानिक भएको छ ।
म्युजिक भिडियोलाई विहिबार रातोपुलस्थीत रक हाउस रेष्टुरेन्टमा सार्वजानिक गरिएको हो । वरिष्ठ संगीतकार हरि लम्साल, चलचित्र निर्माता हस्त लिवाङ, निर्देशक लोकेन सावा, याक्थुङ हाक्पारे पालाम सयङका अध्यक्ष रुपा आङबुहाङ, याक्थुङ मुनचइत चोक सयङका महासचिव विक्रम फागो वनेम, निर्देशक सागर केरुङ, म्युजिक भिडियोका निर्देशक दिनेश माङ्मुको उपस्थितिमा सार्वजानिक गरिएको हो ।
अर्जुन मादेन लिम्बूको शब्द संगीत र क्षितिज कुलुङको एरेन्जमा तयार भएको यस गीतमा अर्जुन मादेन लिम्बूले नै अभिनय गरेका छन् । लिम्बूलाई निरन्जली लामाले अभिनयमा सघाएकी छिन् । गायक अर्जुन पौडेललाई पनि देख्न सकिने यस भिडियोमा निर्मल सुब्बा आशिष र सन्तोष आले मगरले पनि अभिनय गरेका छन् ।
ललितपुरस्थीत सिलौती रिसोर्टमा छायांकन गरिएको भिडियोमा संगीता चन्दको श्रृङ्गार, मेघराज मगरातीको छायांकन र दिनेश माङ्मुको निर्देशन रहेको छ ।
रोमान्टिक गीत रहेको बताउादै गायक अर्जुन पौडेलले आगन्तुक सम्पूर्णमा स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए ।
भिडियोका निर्देशक दिनेश माङ्मुले अपर्झट काम गर्न परेको तर राम्रो काम गर्न पुगेकोमा गौरवान्वित भएको बताएका थिए ।
संगीत गुरु भविन राईले पनि शुभकामना मन्तव्य दिएको कार्यक्रममा प्रमुख अतिथि हरि लम्सालले अर्जुन पौडेललाई झट्ट देख्दा गायकजस्तो नलागे पनि धेरै सुन्दा र भिडियो हेर्दा राम्रो गाउन सक्ने प्रतिभाको रुपमा औंल्याउन सकेको बताएका थिए ।
कार्यक्रममा सबै कलाकार, प्राविधिकलाई समेत सम्मानका साथ मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमलाई नयाँ अनलाइन टिभीकी सञ्चालिका मिरान लिम्बूले सञ्चालन गरेकी थिइन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार