पुर्व प्रजिअको पुस्तकमा ‘लिम्बू जातिको ईतिहास’

ललितपुर

धनकुटाका पुर्व प्रमुख जिल्ला अधिकारि भगिराज ईङनामको पुस्तक ‘लिम्बू जातिको ईतिहास’ विमोचन भएको छ । गत भदौ १५ गते किरात याक्थुङ चुम्लुङको ३०औं वार्षिक कार्यक्रमको अवसर पारेर उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व कुलपति बैरागी काईलाबाट उक्त पुस्तक विमोचन गरिएको हो । सरकारी जागिरबाट रिटायर भएपछि एक दशकसम्म पुर्ख्यौली ईतिहासको अनुसन्धान पछि ईङनाम यो पुस्तक निकाल्नु भएको हो । मन्तब्यको क्रममा प्रमुख अतिथि बैरागी काईलाले भन्नु भयो, “लिम्बूहरुले तत्कालिन अवस्थामा चलाएको हातहतियार, कतिपय फेदाङमाहरुले भनेको सुनेको मात्र हतियारहरुको पनि फोटोहरु यस पुस्तकमा हेर्न पाईन्छ । लेखकले लिम्बूहरुको पोईन्ट अफ भ्यु मात्र नहेरेर तटस्ट हेर्यो , ईतिहासकारको अप्जेक्टिभ हेराईबाट यस पुस्तक तयार भएको हो , लिम्बूको बारेमा धेरै भ्रमहरु छन् । ति भ्रमहरुला चिर्न यस पुस्तकले मद्दत गर्छ । १८३१ पछिको यो २०० वर्षको लिम्बू जातिको ईतिहास रुचिराख्नेहरूलार्इ सघाउ पुर्याउछ भन्ने विश्वास लाग्छ । जसको ईतिहास छैन त्यो जाति जातीगत रुपमा जिवितै रहदैन । यो किताब लेखेर ईङनाम जिले धेरै राम्रो काम गर्नु भएको छ, हामी लिम्बूहरु चोत्लुङले एक दिन उहाँलाई फेटा ओडाएर सम्मान गर्नुपर्छ । आगामी दिनहरुमा लेखकको रुचि अझ बडेर जाओस र नेपालमा जसले समग्र नेपालको अध्ययन गर्छुभन्छ यस किताबलाई एउटा आधार बनाउछ जस्तो मलाई विश्वास लागेको छ ।” कियाचु केन्द्रय सदस्यहरु यासेली योङहाङ र प्रबिन पन्धाकको साझेदारीमा संचालित कार्यक्रममा सभादक्ष योगराज वनेमलेले आफ्नो मन्तब्यमा चुम्लुङको यो ३०औं वर्षमा गतसाल भन्दा यो वर्ष हामीले लिम्बू र किरातका वारेमा उल्लेखित पुस्तक, लिम्बूहरुले हाते तानबाट तयार पारिएका ढाकाका कपडाहरुको विक्रि तथा प्रदशनि राखिएको, सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरे । तीन दिने वार्षिक कार्यक्रममा लेखक भगिराज ईङनामको पुस्तक ‘लिम्बू जातिको ईतिहास’ले १०० भन्दा बढि विक्री गर्न सफल भैसकेको आयोजकले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार