हङकङ नेपाली महासंघको अध्यक्षमा टंक राना

  टोपबहादुर याक्खा

अक्टुबर ७, हङकङ– टंक रानाको अध्यक्षतामा ५ सदस्सीय कार्य समिति चयन गर्दै हङकङ नेपाली महासंघको १० औं महाधिवेशनद्धारा सम्पन्न भयो ।
याउ मा तेई कम्युनिटी हलमा सम्पन्न उक्त अधिवेशनद्धारा अध्यक्षमा टंक राना, उपाध्यक्षमा लोक आङबुहाङ, महासचिवमा नविन सुहाङ, सचिवमा भविन लिम्बु र कोषाध्यक्षमा ताहिर खान निर्विरोध चयन भएका हुन ।
महासंघकी अध्यक्ष रिता गुरुङको सभापतित्वमा सम्पन्न प्रथम चरणको खुल्लासत्र कार्यक्रमका प्रमुख अतिथि महासंघका सल्लाहकार हेजन राई रहेका थिए भने विशेष अतिथिहरुमा एन.आर.एन.ए.की अध्यक्ष टिका गुरुङ, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डासुराम पराजुली, आदिवासी जनजाती महासंघका अध्यक्ष किसन राई, महासंघका सल्लाहकारहरु प्रदिप थापा, हेम लिम्बु, हर्क राना, अर्चन गुरुङ लगायतका व्यक्तिहरु रहेका थिए ।
महासंघका उपाध्यक्ष टंक रानाको श्वागत मन्तब्यसंगै कार्यक्रमका सभापति रिता गुरुङ तथा प्रमुख अतिथि हेजेन राईद्धारा पानसमा बत्ति बालेर औपचारिक उद्घाटन गरिएको कार्यक्रममा अतिथिहरुद्धारा शुभकामना मन्तब्य राखिएको थियो ।
कार्यक्रमकी सभापति रिता गुरुङद्धारा आफ्नो कार्यकाललाई सफल बनाउँन विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघसंस्था तथा महानुभावहरु प्रति धन्यवाद सहितको मन्तब्य राख्दै कार्य समिति भंग भएको घोषणा गरेसंगै शुरु भएको दोस्रो चरणको बन्द सत्र कार्यक्रममा निवर्तमान महासचिव नविन सुहाङले ३ वर्षे कार्यकालको गतिविधीहरु प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष ताहिर खानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्तमा हेजेन राईको अध्यक्षतामा गठित ३ सदस्सीय निर्वाचन मण्डलद्धारा टंक रानाको अध्यक्षतामा ५ सदस्सीय कार्य समितिको निर्विरोध चयन गर्दै महाधिवेशन सम्पन्न भएको थियो ।
हङकङेली नेपाली संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको हङकङ नेपाली महासंघमा हाल हङकङका ३३ वटा जातिय, क्षेत्रिय तथा खेलकुद संग सम्बन्धित संघ संस्थाहरु आवद्ध रहेका छन् । सन १९९८ मा स्थापित महासंघ २०१४ बाट च्यारेटिएबल संस्थाको रुपमा दर्ता भई २०१६ बाट सी.एस.टी.एन. प्रेजेक्ट मार्फत नेपाली समुदायका निम्ति विभिन्न कार्यहरु समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार