ओली सरकारले देशलाई कमजोर बनाउँदै छ……..

२७ असोज २०७५,
बारा- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले दण्डहिनतालाई पश्रय दिएर राज्यलाई नै कमजोर बनाउने काम गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस बाराले शनिवार वीपी स्मृति भवन कलैयामा आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्री समेत रहेका सिटौलाले ओली नेतृत्वको सरकारले बलात्कारी, कालोबजारी र भ्रष्टाचारीलाई पश्रय दिएको आरोप लगाए। सरकारको नेतृत्व गर्ने कम्युनिष्ट सरकारको गतिविधिले आम जनता असन्तुष्ट बन्दै गएको अवस्थामा आम जनताले पहिलादेखि जुन किसिमले देशलाई माया गरिरहेको थियो त्यो माया अहिले हराउँदै गएको सिटौलाले बताए। केपी ओली सरकार देश र जनता प्रति वफादार नबनेर पार्टी र कार्यकर्ता केन्द्रित मात्रै भएको अवस्थाले आम जनताहरु दु:खी बनेकोले देशको स्वतन्त्रता स्वाधिनता र सार्वभौमतालाई नै खतरा भएको सिटौलाले बताए। प्रेस र पत्रकार माथि अंकुश लगाई उनीहरुलाई तर्साएर आफु अनुकुल बनाउने खेलमा वामपन्थी सरकार लागेको सिटौलाको आरोप छ। ओली सरकार समयमै सचेत नभए आफूहरु जनताको जिउधन र हकअधिकारको रक्षाको लागि चाडै नै आन्दोलनमा जाने महामन्त्री सिटोलाले चेतावनी दिए। कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा बारा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद उमाकान्त चौधरीले केपी ओली नेतृत्वको सरकार समृद्धि र उडन्ते सपनाको नारा लिएर अगाडि बढेको बताए। दुई तिहाईको दम्भमा सरकार तानाशाही रुपमा अगाडि बढेको उनले दावी गरे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार