वर्षकै सम्भवतः उत्कृष्ट म्यूजिक भिडियो… माया तिमि

काठमाण्डौ १२ मंसिर

 

माया तिमि गर्छौ भने
मेरो लागि मर्छौ भने
मायाको अर्थ वुझेर गर ……
ला … ला … ला….
सूनचाँदी होइन चोखो माया दिउँला
तिम्रो दुःख सबै संगाली लिउँला…..भिडियो बुढासुब्बा डिजिटल प्रा.लि. बाट आज सार्वजनिक भएको छ ।

नेपाली म्यूजिक भिडियो उद्योगका चल्तीका नायक नायिकाहरु रेखा फागो र निराजन प्रधानको अभिनयमा बनेको म्यूजिक भिडियोले एक पटक नेपाली संगीतप्रेमी पारखीहरुको मन वहलाउने निश्चित छ । पूर्वी नेपाल झापा चुलाचुलीका लोक र आधुनिक पप गीतका जिएम राई चुजी गायक तथा रचनाकार हुन् ।

जसले वर्षमा सकेसम्म एउटा गीत एउटा संगीत भर्छन् तर मन छुने वनाउछन् । समकालीन म्यूजिक भिडियोका मुर्धन्य क्यामेराम्यान अर्जुन तिवारीको छायाँकनमा गीतको शब्द संगीत पवन लामा र सम्पादन विकास धमलाले गरेका छन् । हालसम्म सयौ चलचित्र, म्यूजिक भिडियो र रंगमञ्चहरुमा राम्रा कोरियोग्राफरका रुपमा चिरपरिचित व्यक्तित्व दिनेश मान्मुको निर्देशनमा वनेको यो भिडियोबाट निर्देशक स्वय अपरम्पार खुशी छन् र उनले भनेका छन् : यो भिडियोले दर्शकको मन छुनेछ । यसका साथै यो वर्पभरी बनेका म्यूजिक भिडियोहरुमा यसले आफ्नो वेग्लै छाप छोड्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार