संखुवासभा तमु ल्होछारमा ‘दारी लामाः एक शब्दचित्र’ विमोचित

  टोपबहादुर याक्खा

५ जनवरी, हङकङ–  तमु जातीहरुको मुख्य चाड तमु ल्होछारको अवसरमा संखुवासभा तमु समाज हङकङले एक आपसमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गर्यो । सोही अवसरमा संखुवासभा तमु समाज हङकङद्धारा प्रकाशित ‘दारी लामाः एक शब्दचित्र’ तथा हङकङबासी संखुवासभाली गुरुङहरुको जनगणना डायरी समेत विमोचन गरिएको थियो ।
संखुवासभा जिल्ला चिचिला गाउँपालिका–१ पोखरी गाउँमा जन्मि तमु (गुरुङ) जातिहरुको संस्कार, संस्कृति जगेर्ना गरिरहेका प्रख्यात बोन्पो लम गुरु शताब्दी पुरुष दाह्री लामा (मानवीर गुरुङ) १ सय वर्ष पुगेको उपलक्ष्यमा संखुवासभा तमु समाज हङकङद्धारा प्रकाशित उक्त पुस्तक माथि प्रकाशन अभियानका संयोजक साहित्यकार दाजु गुरुङले समीक्षा गरेका थिए ।
बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष धिरज गुरुङले गरेका थिए भने प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार लालबहादुर गुरुङ रहेका थिए ।
१ दशक पहिले समाजका वर्तमान सल्लाहकार लालबहादुर गुरुङको अध्यक्षतामा गठित उक्त समाज जातिय संस्था भइकन पनि संखुवासभा समाज हङकङसंग नजिक रही विभिन्न गतिविधीहरु सहकार्यमा गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार