हङकङमा ब्याडमिन्टन उपाधी ईन्द्र/सुरेश तथा बज्र/डम्बरको कब्जामा

  बगैंचा सम्वाददाता

चिनिया नयाँ बर्षको अवशरमा ब्याडमिन्टन खाल्डो ग्रुपले आफ्नो सदस्यहरु सहभागी गराएर ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ।
चिनियाँ नया बर्षको पहिलो दिन फेब्रुअरी ५ तारिकका दिन काउलुन पार्कको गहिरामा रहेको खुल्ला ब्याडमिन्टन कोर्टमा सो प्रतियोगिता सम्पन्न गरिएको थियो।
मेन्स डबल्स ए, मेन्स डबल्स बी, मिक्स डबल्स र वुमेन्स डबल्स गरी ४ डिभिजनमा खेलाएको प्रतियोगितामा मेन्स डबल्सतर्फ शान्तवीर राई र अनिल साम्राको जोडीलाई पराजित गरी इन्द्रहाङ राई र सुरेश गुरुङको जोडीले पराजित गरि प्रथम भएका थिए। समुहको बी डिभिजनतर्फ बज्रकुमार थुलुङ राई र डम्बर साम्राको जोडिले रमेश पुन र चन्द्र राईको जोडीलाई पाखा लगाई प्रथम पराजित गरि बनेका थिए।
वुमेन्स डबल्सतर्फ माया वान्तवा राई र एन्जेला वान्तवा राईले इन्द्रकला राई र भावना श्रेष्ठको जोडीलाई परास्त गरी प्रथम भए भने मिक्स डबल्सतर्फ दिपेन वान्तवा राई र प्रतिभा गुरुङको जोडीले प्रतिक्षा गुरुङ र राजकुमार राईको जोडी माथी जित निकालेका थिए।

प्रतियोगिता पश्चात विजेता जोडीहरुलाई पुरस्कारस्वरुप नगद,स्पोर्टस् टि-सर्ट,सटल-ककलगायत प्रदान गरिएको थियो।
आयोजक खाल्डो ग्रुपका अध्यक्ष शान्तवीर राईको अध्यक्षता गरिएको छोटो औपचारिक कार्यक्रममा हङकङ नेपाली ब्याड मिन्टन संघका सदस्य प्रवीण गुरुङ तथा अग्रज खेलाडीहरुको बाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो।
उक्त ग्रुपका सचिव विनोस साम्राले तारीफयोग्य रोमांचक शैलीमा कार्यक्रम संचालन गरेका थिए।कार्यक्रम समापन पश्चात गोल्ड कोष्ट वार्विक्यू स्पोटमा वार्विक्यू भोज गरिएको थियो।
खेल पश्चात खाल्डो समुहका समूह बि तर्फका बिजेता बज्र थुलुङले भने ” अब खाल्डो ग्रुपले जो कोहिलाई चुनौती दिन सक्छ, हाम्रो समुहमा युवा देखि ज्येष्ठ उमेरका समेतको सहभागिता रहेको छ”।
बज्रका अनुसार खाल्डो ग्रुपमा ४० भन्दा बढी खेलाडीहरु समेटिएका छन।
प्रत्येक चाइनीज नयाँ बर्षको अवशरमा ब्याडमिन्टन प्रतियोगिता गर्ने आयोजकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार