नेकपाकाे सचिवालय बैठक सुरू……….

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, बामदेव गौतम , ईश्वर पोख्रेल, माधवकुमार नेपाल, विष्णु पौडेल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागी छन्। बिहीबारका लागि बोलाइएको बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबार दिउँसाे ३ बजेका लागि बोलाइएको थियो। तर, बैठक बिहान ११ बजेका लागि सारिएको थियाे। बैठकमा कार्यविभाजका बाँकी काम टुंगो लगाउने तथा स्कुल विभागको जिम्मेवारी तोक्ने छलफल हुने बताइएको छ। स्कूल विभागको जिम्मेवारी लिनका लागि रक्षा मन्त्री ईश्वर पोख्रेल, नारायणकाजी र घनश्याम भुसालले दाबी गर्दै आएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार