कम्युनिष्टलाई कसैले ढाल्नु पर्दैन आफै ढल्छन्…….

विराटनगर- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरूलाई कसैलै ढाल्नु नपर्ने (आफै ढल्ने) बताएका छन्। शुक्रबार नेकपा मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदन–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीका सदस्यहरू अनुशासनमा नबसे विपक्षीहरूले ढाल्नै नपर्ने आफै ढल्ने बताएका हुन्। उनले सोभियत संघको उदाहरण दिँदै विश्वका ठूला देशमा कम्युनिष्टको शासन पूँजीवादीहरूले सेना लगाएर समाप्त पारेको नभई आफ्नै कारणले समाप्त भएको स्मरण गराए।उनले चिनियाँ कम्युनिष्ट पार्टीले १० करोड सदस्यमार्फत डेढ अर्ब जनसंख्यालाई सन्तुष्ट पारिरहेको तर, नेपालमा नेकपाका ८ लाख सदस्य कोहि पनि एउटै लक्ष्यमा केन्द्रित नभएको बताए। उनले भने ‘नेकपाका ८ लाख सदस्य ८ लाखै दिशातर्फ फर्केका छन्। कम्युनिष्ट शासन टिकाइ राख्न चीनको जस्तो देश अनुकुल विचार अनुशरण गर्नुपर्ने र विचार अनुकुल अनुशासनमा सबै रहनुपर्ने प्रचण्डको भनाई छ। ‘विचार र अनुशासनले मेल नखाए पार्टी समाप्त हुन धेरै समय लाग्दैन्’ प्रचण्डले भने। उनले दुई पार्टी एकताले नेकपाको दुई तिहाई बहुमत आएकाले पार्टीलाई सुदृढ बनाउन सबै एक ढिका भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन पनि दिए। पार्टी एकता कसैको क्षणिक स्वार्थ, कुनै समूहको स्वार्थ र व्यक्तिगत आकांक्षा पुरा गर्न नगरिएको उनले स्पष्ट पारे। पार्टी एकता जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्ने उद्देश्यले गरिएको अध्यक्ष प्रचण्डले दाबी गरे। पार्टी एकताका सबै काम चाँडै टुंगिने प्रचण्डले स्पष्ट पारे। ‘पार्टीका दुबै अध्यक्ष बसेर एकताका सबै काम चाँडै टुंगोमा पु-याउने तयारी गरिरहेका छौं’ उनले भने‘प्रधानमन्त्री फर्केपछि एकताका सबै प्रकृया टुंग्याउँदै छौं।’ पार्टी एकतापछि एकले अर्कोलाई चिन्नुपर्ने र विश्वास दिलाउनुपर्ने बेला आएको उनले बताए। पछिल्ला समय केही गतिबिधिहरु भएको र त्यसले पार्टीभित्र घुन, पुतली लगाउने प्रयास भईरहेकाले पार्टी एकता भएको देख्न नचाहने केही तत्वहरुलाई जवाफ दिनुपर्ने खाँचो रहेको धारणा राखे। चिल जस्तो भएर सबैतिर दृष्टि पु-याउनुको साटो कुखुरोजस्तो भुइँ खोस्रन थालियो भने कसैको भलो नहुने प्रचण्डले स्पष्ट पारे। उनले भुइँ खोस्रने कुखुरो जस्तो हैन चिल जस्तो भएर विश्व चिन्न कार्यकर्तालाई आग्रह पनि गरे। वैचारिक रुपमा अझै पनि मतभेद ल्याउने प्रयास भइरहेको उनले बताए। उनले भने ‘पार्टी एकतालाई अप्ठेरो मानेको जस्तो, नगर्न पाए हुन्थ्यो जस्तो गरियो भने त्यो जस्तो आत्माघाती अरु केहि हुँदैन। कार्यक्रममा रक्षामन्त्री इश्वर पोखरेलले बाहिर जेसुकै हल्ला चले पनि पार्टी एकता तल माथि नहुने दाबी गरे। ‘केहि दिन देखि विभिन्न खालका हल्ला चलाईएका छन्’ पोखरेलले भने‘बाहिर जतिसुकै हल्ला चलाईए पनि पार्टी एकता तलमाथि पर्नेछैन्।’ पोखरेलले पार्टी एकतालाई कहाँबाट उधार्न सकिन्छ भनेर दाउ हेर्नेहरूलाई ३० वर्ष शासन गरेर देखाईदिने चुनौति पनि दिए।   श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार