जिउदो भिसि वेघाले ८४ वर्षमा सम्झिए भिक्टोरिया पदक

दमक – ५ मंसीर ।

वेलायतका महारानीले समेत उभिएर सम्मान व्यक्त गर्ने उच्च ओहोदाको भिक्टोरिया क्रस( भिसि) पदकबाट विभुषित नेपालका एकमात्र जिवित व्यक्ति राम वहादुर वेघाले ८४ वर्षको अवसरमा पदक प्राप्त गरेको दिन झापाको दमकमा भव्य कार्यक्रमको आयोजना गरेकाछन । वेघाले ८४औ वर्षगाँठको सन्दर्भमा पाँचथर जिल्ला यांङ्बरक गाउँपालिका च्याङथापुमा जन्मेर वेलायती सेनामा भर्ना भई व्रुनाईको युद्धमा अदम्य साहस देखाएवापत सन् १९६५ नोभेम्वर २१ मा भिसि पदक प्राप्त गरेका थिए । मंसिर ४ र ५ गतेसम्म मनाउने ८४औ वर्षको पहिलो दिन हिजो भिसिले किराती परम्परा अनुसार माङगेन्ना गरेका छन् । दोश्रो दिन आज दमकको कस्मिक पार्टी प्यालेसमा भव्य पार्टीको आयोजना गरेका छन् । भिसि वेघा पेन्सन भएर फर्किदासम्म वेलायती सेनाको अनरेरी क्याप्टेन भएका थिए ।

समाज र वंशप्रति अगाघ माया गर्ने व्यक्तित्वका रुपमा चिनिएका राम वहादुर भिसिले दमकमा करोडौको लगानीमा माङहिम समेत निर्माण गरेका छन् ।
कार्यक्रमको लागि देश विदेश सबैतिर बाट परिवारहरु जम्मा भईसकेका छन । कार्यक्रमको लागी दुइजना अस्ट्रेलियन पाहुना समेत पुजा र चौरासीको लागी आईसकेका छन । उहाँहरु भियतनामबाट भिसि को उपाधी पाएका ब्यक्तिको प्रतिनिधि भएर आएका हुन। बेघा को चौरासीमा अहिलेका कोरियोग्राफर दिनेस माङमुले कोरियोग्राफि गरेको नृत्यहरु प्रस्तुत हुनेछन । धरान तिनजुरे पुर्वभेग च्याब्रुङ समुह को च्याब्रुङ बज्नेछ भने मेरिना तुम्सा ले कार्यक्रम संचालन गर्ने कुरा सास्कृतिक कार्यक्रमको संयोजक नारायण बेघाले जानकारि दिए । (भिडियो ) तलको लिकंमा क्लिक गर्नुहोला ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार