लिम्वु नक्कली र याक्थुङ सक्कली हो: डा. भट्टचन (भिडियो सहित)

लिम्वु आदिवासी जनजाति कहलाउनुपूर्व लिम्वु समुदाय अनादिकालदेखि याक्थुङ वा याक्थुङ्वा हुन् ।
आधुनिक नेपाल निर्माण भएपछि याक्थुङहरुलाई राज्यबाट लिम्वु बनाइएको इतिहास २४५ वर्ष भन्दा वढि नभएको समाजशास्त्री डा: कृष्ण भट्टचनले बताएका छन् । पत्रकार राजकुमार दिक्पालद्धारा लिखित आदिवासी विद्रोहको इतिहास नामक पुस्तकको राजधानीमा विमोचनको अवसरमा टिप्पणी गर्दै भट्टचनले उक्त विचार व्यक्त गरेका हुन् ।

नेपालमा आदिवासी जनजातिको विद्रोहको संगालोको पुस्तकबाट शासक वर्गले पाठ सिक्नु बताउदै भट्टचनले भने :आदिवासी जनजातिका कतिपय मागहरु सम्वोधन गरेको भन्ने वाक्यासहरु पुस्तकबाट हटाउनु राम्रो हुन्छ । संसारमा विरोध, प्रतिरोध र विद्रोहको लहरहरु यत्रतत्र देखिएकोले नेपालमा आदिवासी जनजातिहरुको विद्रोहको सम्भावना प्रवल रहेको बताए । पुस्तकबारे इतिहासकार प्रा: दिनेशराज पन्त, डा: चैतन्य सुव्वा र बैरागी काइलाले पनि टिप्पणी गर्नुभएको थियो ।


पुस्तकमा विभिन्न कालखण्डमा भएका लिम्वु, तामाङ, माझकिरात, भोटे, मगर, गुरुङ र आठपहरिया राई समुदायको विद्रोहको इतिहास विस्तृत रुपमा दिक्पालले पाठकमाझ पस्केका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार