र्‍यापिड किट प्रयोग मापदण्ड विपरीत……………

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि र्‍यापिड किट प्रयोग नगर्न आग्रह गरेको छ। मन्त्रालयले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतका किटहरु प्रयोग नगर्न आग्रह गरेको हो। यो किट प्रयोग गरेर गरिएको परीक्षणमारिपोर्ट गलत आउने गरेको पाइएका छ। त्यसैले विश्व स्वास्थ्य संगठनले यो किट प्रयोग गर्न लायक नभएको निक्र्योल गरेको अवस्था छ,’स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार डा.खेम कार्कीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यसको प्रयोगमा विश्वभरि समस्या आएको पाइएपछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अनुमति नदिएको हो। सरकारले निःशुल्क कोभिड–१९ को जाँच गरिरहेकै बखत भरपर्दो नभएको ¥यापिड किट प्रयोगको माग गर्ने र गराउने दुवैले नियम उल्लंघन गरेको मन्त्रालयका विशेषज्ञ चिकित्सक डा. रोशन पोखरेलले बताए। यस्तो किटको प्रयोगले बिरामी दुई तरिकाले ठगीमा पर्ने र त्यसको असर समुदायमा समेत पर्ने उनको भनाइ छ। एकातिर सरकारले दिएको सुविधाबाट वञ्चित हुने, अर्कोतिर यस्तो परीक्षणबाट गलत रिपोर्ट आउने हुनाले व्यक्ति र समुदाय दुवैमा असर पर्ने उनले बताए। ‘जथाभावी परीक्षण गराउन जाने बिरामी पनि सचेत हुनुप¥यो र नियमविपरीत यस्तो किट प्रयोग गर्ने स्वास्थ्यसंस्था पनि नियमभित्र चल्नुपर्‍यो’, उनले भने।

अस्पतालको अनुगमन गरिने

विभिन्न अस्पतालले ज्वरोका बिरामीलाई कोरोना संक्रमणको आशंकामा हेर्ने गरेको पाइएको जनाउँदै स्वास्थ्य मन्त्रालयले उनीहरुको अनुगमन गर्ने भएको छ। अस्पतालहरुले ज्वरो आएका,रुघाखोकी लागेका बिरामीलाई कोरोनाको आशंकामा फर्काउने गरेको गुनासो आएपछि यस्तो निर्णय भएको मन्त्रालयका विशेषज्ञ चिकित्सक पोखरेलले बताए। ‘हामीले पटकपटक अनुरोध गरेका हौं,अटेरी गरेपछि भोलिदेखि अनुगमनमै जान्छौं र नियमपूर्वक कारबाही अघि बढाउँछौं’, पोखरेलले भने। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि कतिपय अस्पतालले बिरामीको उपचार नगरेको पाइएको उल्लेख गर्दै यसो नगर्न अनुरोध गरेका छन्। ‘ज्वरो अन्य कारणले पनि आउँछ। बिरामीको उपेक्षा गर्दा मृत्युको खतरा बढ्छ। सबै अस्पताललाई बिरामी जाँच गरेपछि मात्र रेफरको प्रक्रिया अघि बढाउन अनुरोध गर्छु’, डा. देवकोटाले भने।

आइसोलेसनमा ८७ जना

कोरोना संक्रमणको आशंकामा देशका विभिन्न अस्पतालमा गरी ८७ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १० जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका छन् भने बाँकी ७७ जना उपत्यकाबाहिरका विभिन्न अस्पतालमा भर्ना भएका छन्। पाटन अस्पताल तथा वीर अस्पतालमा केही दिनअघि मृत्यु भएका चारैजना व्यक्ति कोरोना संक्रमित नभएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए। उनका अनुसार ती सबैको राष्ट्रिय जनसंख्या प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोना नेगेटिभ पाइएको छ। हालसम्म सरकारले १ हजार ६० जनाको नमुना परीक्षण गरेकोमा विदेशबाट आएकाबाहेक कुनै पनि नेपालीमा कोरोना संक्रमण नपाइएको तथ्यांक छ। हालसम्म पाँचजना कोरोना संक्रमित भेटिएकामा एकजना पूर्ण निको भएको र चारजनाको आइसोलेसनमा उपचार भइहरहेको छ। ती सबै विदेशबाट फर्केका थिए। उनीहरुसँगको सम्पर्कमा पुगेका अन्य व्यक्तिको सम्पर्क तथा जाँच कार्य पनि निरन्तर भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए। पछिल्ला चारजनामध्ये दुईजनाको सम्पर्कमा रहेका व्यक्तिको नमुना परीक्षण तथा अन्य कार्य पूरा भइसकेको र बाँकी दुईजनाको पनि ८० प्रतिशत कन्ट्र्याक्ट टे«सिङ सकिएको उनले बताए।

कोठा छोड्न बाध्य पार्ने घरबेटीलाई कारबाही गरिने

समाजमा संक्रमण नफैलिएको अवस्थामा घरबेटीले घर छोड्न दिएको आदेश सामाजिक अपराध भएको निक्र्योल मन्त्रालयले गरेको छ। विभिन्न जिल्लामा घरबेटीले भाडामा बसिरहेका नर्सलाई घरछोड्न आदेश दिएको सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ति जनाएको हो। सोही क्रममा घरबेटीलाई स्थानीय प्रशासनले सम्झाउने र त्यसपछि पनि घर निकाला गरेमा नियमसंगत रुपमा कारबाही गरिने मन्त्रालयले जनाएको छ। ‘पहिला स्थानीय प्रशासनको सहारामा घरबेटीलाई सम्झाउने, त्यसपछि पनि नमानेमा नियमसंगत रुपमा कारबाहीमा जानुपर्ने हुन्छ’, मन्त्रालयका सल्लाहाकार डा. कार्कीले भने। नेपालमा विदेशबाट फर्किएका बाहेक नेपालमै रहेकामा अहिलेसम्म कोभिड–१९ नदेखिएको र संक्रमण फैलिएमा नर्स तथा चिकित्सकलाई होटेलमा राखेर उपचारमा जाने व्यवस्था गर्ने तयारी भएको समेत उनले बताए।

लकडाउनमा खेतीपाती गर्न मिल्छ

मन्त्रालयले सामाजिक दूरी कायम राखेर खेतपाती तथा अन्य काम गर्न हुने सुझाएको छ। अन्य परिवार तथा व्यक्तिसँग नजिकको भेटघाट नहुनेगरी खेती तथा पशुपालनको काम निरन्तर गर्न सकिने मन्त्रालयका सल्लाहाकार डा.कार्कीले बताए। घरभित्रै कसैलाई ज्वरो आएको तथा सुक्खा खोकी लागेको,कोही विदेशबाट आएको व्यक्ति रहेको खण्डमा पनि दूरी कायम राख्नुपर्ने उनले बताए। ‘बाख्रा चराउन पनि हुन्छ,गहुँ भिœयाउन पनि हुन्छ तर सामाजिक दूरी कायम राख्नुहोस्’, उनले भने। विदेशवाट आएकालाई भने घरमै क्वारेटनाइन तथा स्थानीय निकायले तोकेको क्वारेनटाइनमा बस्न उनले अनुरोध गरे। ‘सरकारले कोरोना संक्रमण रोक्न तीनवटा नीति अघि सारेको छ। विदेशबाट आएकालाई अनिवार्य क्वारेटाइनमा राख्ने, उनीहरुको कोरोना परीक्षणको दायरा फराकिलो पार्ने नीति अघि सारिएको छ’, प्रवक्ता डा.देवकोटाले बताए।  एनअेाएन 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार