भारतीय प्रधानमन्त्री मोदी लद्दाख पुगे……

भारतीय प्रधानमन्त्री शुक्रबार बिहान केन्द्रशासित प्रदेश लद्दाखको लेह पुगेका छन् । जुन १५ गते भारत–चीन सीमामा भएको झडपपछिको अवस्थाको समीक्षा गर्नका लागि मोदी लेह पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १५ जुनमा चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । मोदीको लेह भ्रमणबारे जानकारी दिँदै भारतको सरकारी सञ्चारमाध्यम प्रसार भारतीले ट्वीट गरेको छ, ‘प्रधानमन्त्री मोदी अहिले निमु पुग्नु भएको छ । उहाँ आज बिहान त्यहाँ पुग्नु भएको हो । प्रधानमन्त्रीले त्यहाँ भारतीय सेनाका जवान, एयर फोर्स र आईटीबीपीका सुरक्षाकर्मीसँग कुरा गरिरहनु भएको छ ।’ यसअघि रक्षामन्त्री राजनाथ सिंह लेह जाने तय भए पनि बिहीबार मात्रै उनको भ्रमण स्थगित गरिएको थियो । प्रधानमन्त्री मोदीसँग भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ् डिफेन्स बिपिन रावत पनि लेह गएका छन् । चीनसँग सीमा विवाद उत्कर्षमा पुगिरहेका बेला सीमामा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन मोदी लेह पुगेको बताइएको छ ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार