हङकङकि नौ बर्षिय बालिकाले रियालिटी सो मा सबैलाई चकित पारे

लोकपृय अमेरिकी रियालिटी सो “अमेरिकाज गट ट्यालेन्ट” को बाह्रौ सिजन अन्तर्गत हिजो बुधबार सम्पन्न एपिसोडमा हङकङकि नौ बर्षिय गायिका सलिन ट्यामको प्रभावशाली प्रदर्शनले निर्णायक मन्डल र उपस्थित सबै दर्शकहरुको वाहिवाही बटुलिन। तर त्यति मात्र हैन गेस्ट जज नायिका ल्याभरिन कोक्सलाई यति प्रभावित बनाईनकि जसले गोल्डेन बजरको बटन दवाउन बाध्य भईन। एक सिजनमा एक जजले एक पटक मात्र प्रयोग गर्न पाउने दुर्लभ गोल्डेन बजर पाउनु प्रतियोगीहरुको लागि सर्बाधिक खुशि र सफलताको मानक मानिन्छ।

विश्व बिख्यात गायिका सलिन डायन का डाईहार्डफैन रहेको ट्याम परिवार सलिन ताम कि बहिनिको नाम समेत डिओन ट्याम रहेको छ। तिनले गत जुन महिनामा भएको अडिसन राउन्डमा सलिन डायनको टाईटानिक थिम गीत “माई हर्ट विल गो अन” गाएकी थिइन। चार जज प्यानल रहेको उक्त रियालिटी सो प्रतियोगितामा सलिन ट्यामले जजहरु हेइडी क्लुम,सिमोन कोवेल, होवि मन्डेल र मेल बि चारैजना बाट “यस” पाएर अडिसन पास गरेकी थिइन। तर गोल्डेन बजर भने पाईनन।
हिजो भएको एलिमिनेसन राउन्डको स्टेजमा देखा पर्न बित्तिकै जज हेइडी क्लुमले सलिनको स्वागत गर्दै केही हप्ता अगाडि भएको अडिसन राउन्डबाट चिनेको बताईन। हेइडीले सलिन लाई सोधिन “तिमिले फेरि सलिन डायनको अर्को गीत गाउने हो?” तब आत्माविश्वासका साथ सलिनले जवाफ फर्काईन “हैन, म आज माइकल बोल्टन को “हाउ एम आई सपोज्ड टु लिभ विदाउट यु” गाउनेछु।” तब तिनले डुबेर यति मीठो खोटरहित गाईन कि सारा दर्शक र जजहरु आश्चर्य चकित भए। प्रतिक्रिया स्वरुप हेइडीले भनिन ” हेर तिम्रो स्वर सुनेर सारा दर्शकहरु क्रेजी भएका छन, सारा दर्शकहरु स्टान्डिङ ओभासन दिएर तारिफ गरिरहेका छन” ।यसो भन्दै हेइडीले गेस्ट जज ल्याभरिन कोक्स लाई प्रतिक्रिया दिन अनुरोध गरिन। तब कोक्स भनिन ” म तिमिलाई अहिले नै खाउ जस्तो लाग्यो, घर लैजाउ जस्तो लाग्यो, तिमी सारै प्यारी र क्युट छ्यौ, तिम्रो आवाज अचम्मैको छ। म साच्चिकै अचम्भित भए। तिमी साच्चिकै प्रभावशाली, अविश्वसनीय र प्यारो छौ” यति भन्दै कोक्सले गोल्डेन बजरको बटन दबाईन।

जसै सुनौलो रङको पताकाहरु बर्सिए, सलिक सक्ड भईन, तिनका आमा बाबू र बहिनी र अन्य दर्शकहरु हात उचालेर खुशी प्रकट गरे। सलिनले सबैलाई धन्यवाद दिदै भनिन” म गीत गाएर मानिसहरुलाई खुशी बनाउन चाहन्छु”।अब सलिन सङ्गै पैतिस प्रतियोगिहरु क्वाटर फाईनलमा प्रबेश गरेका छ्न। सलिन सेमिफाईनलमा पुग्न अमेरिकी दर्शकहरुको भोटको आवश्यकता पर्दछ। हङकङ बासिहरुले भोट गर्न पाउने छैनन तर टिबिबी पर्ल टेलिभिजन मार्फत सो भने हेर्न सक्नेछन। यो चरण सलिनलाई निकै कठीन पक्कै हुनेछ, तिनलाई टक्कर दिने नौ बर्षिय फिलिपिनो अमेरिकन अन्जेलिका हेल छ्न जसले यो भन्दा अगाडि सलिनले जस्तै गोल्डेन बजर पाएकी थिईन। यो प्रतियोगिता जिते सलिनले दस लाख अमेरिकी डलर प्राप्त गर्नेछिन।

एचएमभि डिजिटल चाइना ग्रुपमा समेत अनुबन्ध भएकि सलिनको सफलता देखेर उक्त कम्पनीका अध्यक्ष स्टेफन सुउले हङकङका जनताको गौरब भनी प्रसम्सा गर्दै निकट भविष्यमा हङकङ कोलेसियुममा च्यारिटी कन्सर्ट गराईदिने योजना गरेका छन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार