ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने

  बगैचा सम्बाददाता

५ माघ २०७४, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवम् पुन-निर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ । एनआरएनए र कमलामाई नगरपालिकाबीच गुरुयोजना तयार पार्न बिहीबार राजधानीमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र नगरपालिकाका मेयर खड्ग खत्रीले हस्ताक्षर गरे । एनआरएनएले ऐतिहासिक सिन्धुलीगढीको पुन-निर्माण गुरुयोजना आगामी ६ महिनाभित्र तयार गरेर कमलामाई नगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।

सिन्धुलीगढी तत्कालीन गोर्खाली सेनाले बीरता देखाएर अंग्रेजी सेनालाई परास्त गरेको स्थल हो । २५० बर्षअघि पृथ्वी नारायण शाहले नेपाल एकिकरण सुरु गरेपछि तत्कालीन उपत्यकाका मल्ल राजाहरुले भारतमा शासन गरिरहेको बेलायती सरकारसाग सहयोग मागेका थिए । बि्रटिस कम्पनीले कम्तान किनलकको नेतृत्वमा पठाएको बेलायती सेनालाई गोर्खालीले सिन्धुलीगढीमा परास्त गरेर धपाएका थिए । विश्वमा कतै नहारेको बेलायतलाई सिन्धुलीगढीमा परास्त गरेको सम्झनामा सिन्धुलीगढीमा हरेक बर्ष बिजयोत्सव मनाइने गरेको छ ।

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न काठमाडौंदेखि सिन्धुलीगढीहुादै सिन्धुलीमाढीसम्म ‘राइड टु सिन्धुलीगढी’ नाममा साइकल यात्रा गर्दै आएको छ । अभियानले सिन्धुलीगढी घुम्न जानेहरुलाई बसोवासको ब्यवस्था गर्न सिन्धुलीगढी वरपरका गाउामा होमस्टे संचालन गर्न स्थानीय बासिन्दालाई तालिमलगायतको सहयोग गर्दै आएको छ । ‘एनआरएनएले सिन्धुलीगढीको ऐतिहासिक महत्वलाई बुझेर गुरुयोजना बनाउन सघाउने भएको छ,’ समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले भने, ‘विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको छाता संगठनको यस प्रयासले सिन्धुलीगढीको पुनर्निर्माण र यसको प्रबर्धनमा ठूलो सहयोग पुग्ने अभियानको विश्वास छ ।’ उनले सिन्धुलीगढीको गुरुयोजना निर्माण गर्न समृद्ध सिन्धुली अभियानले सक्रिय रुपमा सहयोग गर्ने बताए । कमलामाई नगरपालिका र एनआरएनएबीच भएको सम्झौतामा सिन्धुलीगढीको ऐतिहासिक महत्व पुनस्थापना गर्ने उद्देश्यले गुरुयोजना तयार पार्न लागिएको उल्लेख छ ।

त्यस्तै, गुरुयोजना निर्माण गर्दा सिन्धुलीगढीको प्राचीन ऐतिहासिकताका साथै मौलिकता यथावत राख्न प्रयास गर्ने, गुरुयोजना बनाउन लाग्ने खर्चको व्यवस्थापन एनआरएनएले गर्ने, बनाइएको गुरुयोजनालाई नगरपालिकाले स्वामित्व ग्रहण गरी भविष्यमा गरिने पुनर्निर्माणको आधार बनाइने सम्झौतामा पत्रमा उल्लेख छ ।

कार्यक्रममा पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरेल, कमलामाई नगरपालिकाका मेयर खत्री, नेपाली कांग्रेसका अध्यक्ष उज्वल बराललगायतले एनआएरएलाई गुरुयोजना बनाएपछि पुननिर्माणका कार्यमा समेत सहयोग गर्न आग्रह गरे । एनआरएनएका अध्यक्ष भट्टले सिन्धुलीगढीहुादै जाने सडक आफू बस्दै आएको मुलुक जापानले बनाइदिइकाले आफूलाई सिन्धुलीगढीबारे चासो जागेको बताउादै गुरुयोजना बनेपछि जिर्णोद्धार गर्न सहयोग जुटाउन आफूले पहल गर्ने बताए । कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघका सचिव डीबी क्षेत्रीले गरेका थिए ।

द्विपक्षीय सम्झौताका अबसरमा प्रदेश सांसदहरु प्रदीप कटुवाल र विनोद खड्का, एमाले नेता कमलजंग राईलगायतको उपस्थिति थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार