क्यालिफोर्नियामा डा. गणेश योन्जन र अमृत योन्जन सम्मानित

दुई अभियन्ता डा गणेश योन्जन र अमृत योन्जनलाई अमेरिकामा सम्मानित गरे । तामाङ को-अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाले हालै एक कार्यक्रम आयोजना गरी योन्जनद्वयलाई सम्मान गरेको हो । जापानका लागि नेपालको पुर्व राजदूत डाक्टर गणेश योन्जन जनजाति आन्दोलनका अभियन्ता हुन् भने अमृत योन्जनलाई तामाङ भाषाविदका रुपमा अभियन्ता मानिन्छ । गत जनवरी १३ र १४ मा न्यूयोर्कमा सम्पन्न पहिलो उत्तर अमेरिकी तामाङ सम्मेलनमा भाग लिन योन्जनद्वय नेपालबाट अमेरिका आईपुगेका हुन् ।

सोसाईटीका अध्यक्ष कुमार दोङको अध्यक्षतामा सम्पन्न भएको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सोसाईटीका सल्लाहका तथा सदस्यहरु लगायत अन्य समुदायका प्रतिनिधीहरुको उपस्थित रहेकोथियो। सोसाईटीका संस्थापक रत्तु लामा द्वारा स्वागत मन्तब्य राखिएको थियोभने सल्लाहकार बिध्यासागर योन्जनले अतिथी योन्जनद्वयबाट तामाङ समुदायमा भएको महत्वपुर्ण योगदानको चर्चा गरे । नेपाल जानजाति महासँघ, क्यालिफोर्नियाका अध्यक्ष देव किराँत राईले जनजातिको मुद्दा शसक्त ढंगबाट अघि बढाउँन तामाङ जातिको योगदानको प्रशंसा गर्दै जनजाती एकताको पक्षमा जोडदिदै आफ्नो भनाई राखेकाथिए ।गोविन लोप्चनले सँचालन गरेको उक्त कार्यक्रममा तामाङ सोसाईटी अफ उत्तर अमेरिकाको वरिष्ठ उपाध्यक्ष शेर लामाको पनि उपस्थित रहेकोथियो ।

डाक्टर गणेश योन्जन प्रमुख अतिथी तथा अमृत योन्जन बिशेष अतिथी रहेको कार्यक्रममा तामाङहरुको भाषिक र राजनीतिक अवस्था सन्दर्भमा अन्तरक्रिया समेत गरिएको थियो । भाषाविद अमृत योन्जनले नेपालमा तामाङ भाषा र अन्य भाषाको स्थान, भाषाको जन्म, बिस्तार र लोप बारेमा बिचार प्रस्तुती राखेका थिए । यसैगरी डाक्टर गणेश योन्जनले मन्तब्यको क्रममा अझै पनि राज्यको तर्फबाट तामाङहरुका साथै सिँगो जनजाति नै बिभेदमा रहेकोले मुद्दा नसकिएको बताए । प्रश्नोत्तरको समयमा रत्तु लामा, पुनम शाक्य, रोशन सुब्बा, बिनोद तामाङ लगायतले राखेका जिज्ञासा तथा प्रश्नहरु उपर योन्जनद्वयले प्रष्ट पारेका थिए ।
अध्यक्ष दोङले सहभागी सबैलाई सहयोगको लागि धन्यबाद ब्यक्त गर्दै अगामी फेब्रुअरी २१ तारिक सोनाम ल्होछार साँझको निम्तो सहित कार्यक्रम समापनको घोषणा गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार