सलमान खान नेपाल नआउने, ‘द ब्यांङ’ कार्यक्रम स्थगित

काठमाडौं

विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका छन् । आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा शो स्थगित भएको घोषणा गरेको छैन । १० मार्चमा काठमाडौंमा हुने तय भएको खानको ‘दबंग द टुर’ कार्यक्रम थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।  शो नयाँ मिति तय गर्ने आयोजकले भने सलमान खानको टिमसँग सम्वाद भइरहेको आयोजक संस्थाका एक अधिकारीले बताए । विनाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गर्दै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार