पाँचथर समाज सेवा यूके को संयोजनमा तिहार विशेष कार्यक्रम !!

अल्डरसट बेलायत
बेलायत स्थित अल्डरसटमा पाँचथर समाज सेवा युकेले अक्टोबर २७ तारिखका दिन तिहार विशेष अवसरमा नेपाली गीत संगीतका साथ नृत्य कार्यक्रम सम्पन्न गर्ने भएको छ ।

पान्थरे कलाकारहरुको सम्मानमा र आम पान्थरेबासीहरुको चाहानालाई मध्यनजर गरी आयोजना गरिएको हुनाले, यसै फेसबुक मार्फत बेलायतमा छरिएर बस्नु भएका सम्पुर्ण नेपालीहरुलाई हार्दिक निमन्त्रणा गर्र्दै पाँचथर समाज सेवा युकेले मौलिक पहिचानमा लागिपरेका पाँचथरे लोकप्रिय कलाकार मीठो स्वरकी धनी, चर्चित याक्थुङ साम्लोका गायिका गंगा फियाक र चर्चित गायिका अमृता लिम्बू त्यस्तै गरी गायक ब्रबिम शेर्मालाई ”Meet and Greet ” का साथमा केही साल देखि बेलायतमै रहनुभएका नेपाली तारा को उपबिजेता तारा लक्सम, त्यस्तै केही महिना अघि म्यूजिक भिडियोमा मोडेलको रुपमा डेब्यु गरेकी नब मोडेल दीपा लिम्बूले सांगीतिक कोसेलीहरु पस्किनु हुनेछ भने कार्यक्रमको उद्घोषण पारु राईले गर्दैहुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार