यूट्यूबमा चौबन्दी चोलीमा


काठमाडौ

गायिका लिला राई र गायक देवेन्द्र हुक्पा चोङवाङद्धारा स्वरबद्ध ‘चौबन्दी चोलीमा’ बोलको गीत यूट्यूबमा मार्फत सार्वजनिक भएको छ । गीतको शब्द रचना भने मदन वानेमको रहेको छ । रुद्र श्रेष्ठको एरेन्ज रहेको गीतको भिडियोमा विप्लव राइ र बर्षा तामाङलाई फिचरिङमा देखाइएका छन् । यस गीतलाई आकर्षक रुपमा सुमन योञ्नले छायाँकन गरेका हुन । भिडियो सम्पादन क्षेत्रमा ख्याति कमाएका निशान घिमिरेले यस गीतको भिडियो सम्पादन गरेका हुन । साथै लामो समयदेखि कोरियोग्राफी तथा विभिनन समुदायको कल्चरल नृत्यको खोज र अनुसन्धान गरिरहेका दिनेश माङमु लिम्बुले यस गीतको भिडियो निर्देशन गरेका हुन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार