नारा

  पूर्ण प्रसाद याक्खा

Purna Prasad Yakkha

यो
समाज नै मातेको छ
बिक्षिप्त भई हाँसेको छ
मथ्थुहरूको जमात
मातेको समाज
मथ्थु समाजमा
म मात्रै कसरी
सद्धे भएर हिड्न सक्छु ।
मातेको समाज
प्रत्येक मान्यताहरू
कुहिएको समाज
एउटा
अादिम समाज
शहिदहरू मरेर गए
तर
यहाँ कहिले बिहानी भएन
गर्भमै
अामाको सपनाहरू तुहेको छ
हरेक क्षण
इच्छा , अाँकक्षा र विश्वास टुटेको छ
मथ्थु समाज
कहिले नउठने गरि सुतेको छ ।

मथ्थुहरूको जमात
सतीले सरापेको समाज
स्वार्थ भन्दा माथि
कहिले उठन सकेन
साईनो बिना
मुस्कुराउनु समेत सकेनन ।
एउटा
अादिम समाज
तर अब
बुझेर बोल्ने बेला
अाई सकेको छ
सोचेर चल्ने बेला
अाई सकेको छ
यो
मथ्थुहरूको समाजमा
मान्छेले मान्छेलाई
सम्मान गर्ने बेला
अाई सकेको छ।।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार