भारतमा २ भारतीय सहित १९ जना नेपाली महिलाको उद्वार

  बगैचा सम्वाददाता

काठमाडौँ

भारतको मैदानगढीबाट बनारस प्रहरीले २ भारतीय सहित १९ जना नेपाली महिलाको उद्वार गरेको छ । दिल्ली महिला आयोगको सहयोगमा बनारस प्रहरीले २ भारतीय सहित १९ जना नेपाली चेलीहरुको उद्वार गरेको जानकारी प्राप्त भएको छ । नयाँदिल्लीको इग्नो रोड, साकेतमा राखिएका दुई भारतीय सहित १९ जना महिलालाई दिल्ली महिला आयोग, नेपाली दूतावास र स्थानीय प्रहरीको सहयोगमा उद्वार गरिएको हो । उद्वार गरिएका नेपाली महिलालाई कतार र कुवेत पठाउने भन्दै वैदेशिक रोजगारको गिरोहले एउटा साँघुरो कोठामा बन्धक बनाएर राखेका थिए । मानव ओसारपसारका माध्यमबाट चेलीहरुलाई खाडी मुलुकमा जबर्जस्ती देह व्यापारमा लगाइन्छ भन्ने उजुरीका आधारमा उनीहरुको उद्दार गरिएको हो । त्यसैक्रममा ६१ वटा नेपाली तथा ७ वटा भारतीय पासपोर्ट गरी ६८ वटा पासपोर्ट बरामद गरिएको छ । दिल्ली महिला आयोगकी प्रमुख स्वाती मलिवालका अनुसार आयोगले चलाएको अपरेशनमा चेलीहरुको उद्दार हुनुका साथै ३ जना आरोपीहरु पक्राउ परेका छन् । तिनीहरुमध्ये केहीलाई भैरहवाबाट र केहीलाई बनारसको बाटो हुँदै दिल्ली पुर्‍याएको थियो । दुई साताअघि मात्रै उत्तरप्रदेशको बनारसमा वैदेशिक रोजगारका लागि अवैध रुपले तेस्रो मुलुक पठाउने भन्दै १ सय ५० जना नेपाली महिलालाई बन्धक बनाएको उजुरी परेपछि नेपालबाट आएको प्रहरी, दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधि र बनारसका स्थानीय प्रहरीको संयुक्त टोलीले सम्भावित ठाउँमा छापा मारेको थियो ।

हिजो बनारस प्रहरीकै सूचनाका आधारमा दूतावासका प्रतिनिधि र स्थानीय प्रहरीको संयुक्त टोलीले छापा मारेको थिय । आज उद्वार गरिएका महिलाहरुमध्ये केहीले आफूहरुलाई केही दिनअघि मात्र बनारसबाट ल्याइएको बताउनुले पनि बनारस प्रहरीको आशंका पुष्टि भएको छ । बाँकीलाई भने सिधै भैरहवाबाट दिल्ली पुर्‍याइएको खुलेको छ । उद्वार गरिएका महिलाहरुलाई आज दिल्ली महिला आयोगको आश्रय स्थलमा राखिने र आवश्यक कानूनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने दूतावासले जनाएको छ । यसअघि गत मंगलबार मध्यरातमा उद्वार गरिएका नेपाली महिलाहरुलाई दूतावासले आजै बिहान नेपाल एअरलाइन्सको नियमित उडानबाट काठमाडौं पठाएको थियो ।

गत मंगलबार दिल्लीको मुर्निकाको एउटा घरबाट उद्वार गरिएका १६ जना नेपाली महिला काठमाडौं पुगेकै दिन, बन्धक बनाएर राखिएका नेपाली महिलाहरुको उद्वार गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार