एनआरएन हङकङ महिला फोरमको देउसी भैलो कार्यक्रम सम्पन्न

बगैंचा सम्बाददाता हङकङ

गत ४ नोभेम्बर २०१८ आईतबार साँझ गैर आवासीय नेपाली संघ हङकङ (महिला फोरम)को आयोजनामा जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेशमा ‘देउसी भैलो शुभकामना आदन प्रदान कार्यक्रम’ सम्पन्न भएको छ । फोरमका संयोजक अनु राईको अध्यक्षता तथा गैर आवासीय नेपाली संघ हङकङका अध्यक्ष टीकादेबी गुरुङको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा नेपाल ब्यापार संघ हङकङका अध्यक्ष प्रकाश पुन लगायत अन्य बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित भएका थिए ।

सामाजिक सेवा प्रायोजनको लागि आयोजना गरिएको उक्त कार्यक्रमबाट प्राप्त रकम नेपालबाट बाध्यताबस बिदेश जान बिबस नारीहरूलाई निशुल्क शिप तालिम दिएर स्वदेशमै आयआर्जन गर्न सक्ने क्षमता बिकाश गर्ने तथा महिलाहरूलाई आत्मनिर्भर बनाउने योजना रहेको कुरा संयोजक अनु राईले बताएका छन् । हालसम्म बिश्व भरि ८० मुलुकमा गैर आवासीय नेपाली संघ स्थापित भैसकेको छ र उक्त ८० मुलुकमा महिला फोरम पनि गठन भएको र सो फोरमले सामुहिक रूपमा नेपालमा आफ्नो योजनामुताबिक शिप तालिम कार्यक्रम संचालन गरि सकेको छ । हाल बिशेष गरेर सुदुर पश्चिमका दुर्गम क्षेत्र र पूर्बमा सिरहा जिल्लालाई लक्षित गरेर कार्यक्रम सुरु भएको छ र क्रमिक रूपमा सबै दुरगम क्षेत्रमा बिस्तार गर्दै जाने लक्ष्य रहेको बताए । ‘पौरखी नेपाल’सँग सहकार्य गरेर कार्यक्रम अगाडि बढाउने र बिशेष गरेर नेपाली महिलालाई बिदेश जानबाट रोक्ने उदेश्य रहेको र तालिम प्रभावकारी भयो या भएन त्यसको अनुगमन समेत गर्ने योजना रहेको उनले बताए ।

मिसेस हङकङ पबिता पुमाले संचालनको गरेको औपचरिक कार्यक्रम समापन पछि गायिका मन्जु थापाले भट्टादै देउसी भैलो कार्यक्रमलाई अगाडि बढाएका थिए । गीत, संगित नृत्यले भरपूर्ण मनोरन्जन देउसी भैलो कार्यक्रममा महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमबाट हङकङ डलर २५ हजार संकलन भएको कुरा आयोजकले बताएकाछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार