विश्व चलचित्र उत्सव क्यान्स २०१९ मा पहिलो नेपाली फीचर फिल्म ‘निम्तो’ प्रदर्शन हुने

फ्रान्समा हुन गईरहेको ७२औं विश्व चलचित्र उत्सव फिल्म फेस्टिवल क्यान्स २०१९ मा भाग लिन आफ्नो नेपाली फीचर फिल्म 'निम्तो'...

बगैंचा सम्बाददाता, दार्जेलिङ्ग

फ्रान्समा हुन गईरहेको ७२औं विश्व चलचित्र उत्सव फिल्म फेस्टिवल क्यान्स २०१९ मा भाग लिन आफ्नो नेपाली फीचर फिल्म ‘निम्तो’ सँगै कालेम्पोङ निवासी सौरभ राई १५ मईमा फ्रान्स प्रस्तान गरेका छन् । यो प्रतिष्ठित क्यान्स फिल्म उत्सवमा उनको यो दोस्रो सहभागिता हो ।

निम्तो (Invitation)

सौरभद्वारा निर्देशित नेपाली चलचित्र ‘निम्तो’ ८५ मिनेट लामो रहेको छ । निर्देशकले आफ्नै गाँउ बडा मंगवा, कालेम्पोंगमा छायांकन गरेका यो चलचित्र गत वर्ष निर्माण गरिएको हो। यस चलचित्रले हाल हङकङमा सम्पन्न एशिया फिल्म फाइनान्सिङ फोरम (HAF) मा एउटा पुरस्कार जितेको थियो । सोही अवसरमा यस चलचित्रलाई विश्व वितरक, विश्व चलचित्र उत्सव क्यान्समा समावेश गर्नको लागि छनोट गरिएको थियो ।

विश्वको सबैभन्दा ठूलो सिनेमा कार्निवल Cannes Film Festival (क्यान्स चलचित्र उत्सव)को ‘Marche Du Film Market’ सेक्शनमा पहिलो पटक नेपाली फीचर फिल्म ‘निम्तो’ले डेभ्यू गर्नेछ । बिश्व चलचित्र उत्सव मई १४ देखि २५ सम्म चल्नेछ, जहाँ बिश्वभरिका सबै शैली र बिधाका नयाँ चलचित्र लगायत वृत्तचित्रहरु समेत सामेल गरिने छन् ।

सौरभ राईले निर्माण गरेका उनका चलचित्र ‘निम्तो’ कालेम्पोङ स्थित पहाडको एक गाउँ- बडा मंगवामा त्यहाँकै जीवन कथालाई जिवन्त पर्दामा उतार्न प्रयास गरिएको चलचित्र हो । चलचित्रमा पात्रहरू आफ्नै हजुरबुबा र पिता सहित परिवारका सदस्यहरूलाई प्रयोग गरेका छन्, जहाँ दार्जेलिङ्गको एक दुर्गम गाँउको कथालाई एक दस वर्षीय बालक र उनको हजुरबाको वरिपरि केन्द्रित गरिएको छ । गरिव बालक र हजुरबालाई संरक्षण गर्ने परिवारको घरमा हुन लागेको विवाह उत्सवको घटनाले तिनीहरूलाई उत्सहित बनाउछ, तर रहस्य यो छ- उनीहरूलाई (आमन्त्रण) ‘निम्तो’ (Invitation) गरिनेछ वा छैन ?

सौरभको पहिलो लघु नेपाली चलचित्र ‘गुढ’ (Nest) ले पनि गत २०१६ को Cannes Film Festival मा प्रदर्शन गर्ने अवसर पाएको थियो। क्यान्स फिल्म फेस्टिवलको चयनमा प्रतिस्पर्धा गर्न उनको २९ मिनेट लामो चलचित्र ‘गुढ’ (Nest) एकमात्र आधिकारिक भारतीय प्रवेश रहेको थियो । यसभन्दा अगाडि उनको ‘बर्खे झरी’ (Monsoon Rain) २०१४ मा जर्मनीको म्यूनिख फिल्म फेस्टिभलमा चयन भएको थियो भने त्यसै बर्ष ‘झझल्को’ (Memories) ले Indian National Student Award पुरस्कार पाएको थियो।

सत्यजीत राई चलचित्र तथा टेलिभिजन इन्स्टीट्यूट (Satyajit Ray Film and Television Institute) SRFTI, बाट चलचित्र बिषयमा प्रारम्भिक शिक्षा हासिल गरेका सौरभ राईले यी बाहेक केही बृत्तचित्र लगायत म्यूजिक भिडियो पनि निर्माण गरिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार