२८ जुलाई, हङकङ– कृति सार्वजनिक, सृजना वाचन, समीक्षा तथा साहित्य श्रृंखलाको आठौं वार्षिक उत्सवको तयारी बारे बृहत छलफल गर्दै ८७ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा हङकङबासी साहित्यकार क्रान्ति सुब्बाको ‘हङकङभित्र’ नियात्रा संग्रह सार्वजनिक गरिएको थियो ।
श्रृंखलाकी सह–संयोजक सुनिता गिरीद्धारा संचालन गरिएको कार्यक्रममा चित्रकार तथा साहित्यकार दिपेन्द्र राई, दाजु गुरुङ, लालबहादुर गुरुङ लगायतले आफ्ना सृजनाहरु वाचन गरेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ७ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन तथा समीक्षा गर्दै आइरहेको श्रृंखलाले १८ अगष्ट २०१९, आइतबार जोर्डनस्थित बगैचा रेष्टुरेण्टको हलमा दिनको १ बजे देखि विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार वितरणका साथै सृजना वाचन गर्दै आठौं वार्षिक उत्सव मनाउँने तयारीमा रहेको छ ।