एन.आर.एन.ए. हङकङको अध्यक्षमा पुनः टिका गुरुङ (राधिका)

  टोपबहादुर याक्खा

२८ जुलाई, हङकङ–  गैर–आवासीय नेपाली संघ (एन.आर.एन.ए.) हङकङको सातौं अधिवेशनबाट टिका गुरुङ (राधिका) पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् ।
आइतबार एन.आर.एन.ए. अन्तराष्ट्र्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यतामा जोर्डनस्थित इण्डिया क्लबमा सम्पन्न सातौं अधिवेशनमा टिका गुरुङले अध्यक्षका अर्का प्रत्यासी निरन्जन गुरुङलाई चुनावी प्रकृयामा पछि पार्दै अध्यक्षको पद हाता पारेकी हुन् । जम्मा ४३८ मत खसेकोमा अध्यक्ष टिका गुरुङले २७५ मत पाएकी थिइन भने अर्का प्रत्यासी निरन्जन गुरुङले १६२ मत प्राप्त गरेका थिए ।
अध्यक्ष बाहेकका पदाधिकारीहरु भने निर्विरोध चयन भएका छन् । यसरी चयन भएका पदाधिकारीहरुमा क्रमशः उपाध्यक्षमा किसन राई र कर्म गुरुङ, महासचिवमा गोकर्ण प्रसाद ढकाल, सचिवमा डिल्लिराम विश्वकर्मा र कोषाध्यक्षमा सन्तोष कुमार गुरुङ रहेका छन् । त्यस्तै गरी महिला संयोजकमा अनु राई, युवा संयोजकमा प्रेम लामाका साथै सदस्यहरुमा अर्जुन गौचन, अरविन सिंह र विजय कुमार गुरुङ रहेका छन् ।
Photo @ facebook

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार