२९ सेप्टेम्बर हङकङ– संखुवासभा दिदी बहिनी समूह हङकङको तेस्रो अधिवेशनबाट गौ माया घले सर्वसम्मतबाट अध्यक्षमा चयन भएकी छिन् ।आइतबार जोर्डनस्थित हङग्री आई रेष्टुरेण्टमा आयोजित अधिवेशनमा गौ माया गुरुङको नेतृत्वमा १३ सदस्सिय कार्य समिति चयन भएको हो ।
यसरी चयन भएका पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा गौ माया घले, उपाध्यक्षमा झुमा गुरुङ, सचिवमा सारदा राई, कोषाध्यक्षमा सुमित्रा घले र सदस्यहरुमाः सुर्य कुमारी राई, तुल माया गुरुङ, सजनी गुरुङ, सरस्वती गुरुङ, सुजु गुरुङ, जमुना गुरुङ, शोभा देवान, कुुमारी याक्खा र भिमा गुरुङ रहेका छन् ।हङकङबासी संखुवासभाली दिदी बहिनीहरुको हक, हित र एकताका लागि २०१३ मा स्थापित संखुवासभा दिदी बहिनी समूह हङकङ संखुवासभा समाज हङकङको भातृ संगठनको रुपमा सक्रिय रहदै आएको छ ।













