८९ औं साहित्य श्रृंखला सम्पन्न

  टोपबहादुर याक्खा

२९ सेप्टेम्बर, हङकङ– सृजना वाचन तथा समीक्षा संगै श्रृंखलाको भावि योजना बारे छलफल गर्दै ८९ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाकी संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित ब्लु ओसिन रेष्टुरेण्टमा सम्पन्न उक्त कार्यक्रममा श्रृंखलाका संरक्षक तथा सल्लाहकारहरु दाजु गुरुङ, टंक सम्बाहाम्फे, डी.बी. पालुङवा, दीपा एवाई राई लगायतले श्रृंखलाको भावि योजना तथा श्रृंखलाले खेल्नु पर्ने भूमिका बारे आफ्नो भनाईहरु राखेका थिए ।
साहित्यकारहरु लाल बहादुर गुरुङ, पूर्णिमा शाह, क्रान्ति सुब्बा, शरण सुब्बा, चन्द्र मादेन, डोम राना, भूपेन्द्र चेम्जोङ, रमण गुरुङ, नरेन्द्र गुरुङ लगायतले आफ्ना सृजनाहरु समेत वाचन गरिएको कार्यक्रमलाई श्रृंखलाका सह–संयोजक दिपेन्द्र राईले संचालन गरेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ८ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन तथा समीक्षा गर्दै आइरहेको श्रृंखलाले गत १८ अगष्ट २०१९ मा मात्रै विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई नगद पुरस्कार सहित सम्मान गर्दै आठौं वार्षिक उत्सव मनाएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार