हङकङ ‘यलम्बर धनुबाण प्रतियोगिता-२०१९’ स्थगित

बगैंचा सम्बाददाता हङकङ

यहि १७ नोभेम्बर २०१९ आईतबार हुन गईरहेको बहुचर्चित ‘यलम्बर धनुबाण प्रतियोगिता २०१९’ हाल हङकङमा चलिरहेको आन्दोलनको कारण स्थगित गरिएको कुरा प्रमुख आयोजक किरात राई यायोक्खा हङकङका अध्यक्ष श्री हरिचन्द्र राईले जानकारी गराएका छन्।

प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा तरिए तापनि ६ महिनादेखि सुपुर्दगि बिधेयको बिरूद्धमा चलिरहेको हङकङको आन्दोलनले उग्ररूप लिएपछि सो परिस्थितिलाई मध्येनजर गर्दै ‘हङकङ आर्चरी एसोसिएसन’ले स्थिति सामान्य नभएसम्म सबै प्रकारको अभ्यास र प्रतियोगिता स्थागित गरेपछि उक्त यलाम्बर धनुबाण प्रतियोगिता २०१९ स्वत स्थगित गर्नु परेको हो ।

प्रमुख आयोजक किरात राई यायोक्खा हङकङ र सहआयोजकहरू- किरात यक्खा छुम्मा हङकङ, किराय याक्थुङ चुम्लुङ हङकङ, किरात सुनुवार समाज हङकङ, किरात थुलुङ राई सामा हङकङले सामूहिक रूपमा आयोजना गरिएको ‘यलम्बर धनुबाण प्रतियोगिता २०१९’ हङकङको परिस्थिति सामान्य भएपछि पुन: सम्पन्न गर्ने प्रतिबद्धता आयोजकहरूले जनाएका छन र यसबाट पर्न गएको असरप्रति क्षमा याचना गरेकाछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार