हङकङमा पाकिस्तानी माथी छुरा प्रहार

  - बगैचा सम्वाददाता

छुरा प्रहार गरिएको स्थान

हङकङमा एक पाकिस्तानी पुरुष माथी छुरा प्रहार भएको छ।
प्राप्त विवरण अनुसार साम सुइ पो स्थित नाम चेओङ स्ट्रीट र चेङ सा वान रोडको जङ्सनमा शुक्रबार साझ करिब १०:३० बजे मास्क लगाएका केहि चिनियाहरुको समुहले पाकिस्तानी लाई पेटमा छुरा प्रहार गरि नजिकै को भुमिगत रेल स्टेसन तिर भागेको प्रत्यक्षदर्शि टेकेन्द्र सुब्बाले बगैँचा डट कम लाई बताए। सुब्बाले भने “करिब आधाबैसे उमेरका घाईते पाकिस्तानी रक्ताम्य अवस्थामा घोप्टो परेको थियो। केही छिन पश्चात एम्बुलेन्सले भेन्टेसन दिदै क्यारिटस अस्पताल तिर दौडाए। उनी निकै गम्भीर अवस्थामा हुनु पर्छ”।
घटनास्थलमा प्रहरीले कर्डन अफ गरेको छ। घटनास्थल नजिकै उभिएका केही भारतिय लाई सोधपुछ गर्दा छुरा प्रहार गर्नेहरु ट्रायड ग्याङका हुन सक्ने बताए।
नेपालीहरु समेतको उल्लेख्य बसोबास भएको उक्त क्षेत्रमा बेलाबखत अपराधीक गतिबिधी हुँदै आएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार