हङकङ सरकारले पच्चिस अर्ब डलर बाड्ने

  - बगैचा सम्वाददाता

कोरोना भाईरस प्रकोपले तहसनहस बन्दै गएको हङकङ अवस्थालाई मध्य नजर गर्दै हङकङ सरकार प्रमुख क्यारी लामले २५ अर्ब हङकङ डलर कोरोना भाइरस राहत प्याकेजको घोषणा गरेकि छिन।

आरटीएचकेले जनाए अनुसार सरकारले हालको कोरोनाभाइरसको प्रकोपबाट प्रभावित विभिन्न समूह बासिन्दा र विभिन्न समूहका ब्याबसायिक सस्थाहरुका लागि २५ अर्ब हङकङ डलरको अनुदानको उपलब्ध गराउने घोषणा गरेको हो, यो महिना भित्र थप बजेटमा आउने समेत बताईएको छ।
शुक्रवार मिडिया ब्रीफिङ मार्फत सरकारको तर्फ बाट प्रमुख कार्यकारी लामले घोषणा गरे अनुसार करिब २ लाख निम्न आय भएका परिवारहरूलाई प्रति घर ५ हजार डलर प्रदान गरिने बताईएको छ। त्यसै गरि विद्यार्थी अनुदान २५ सय बाट ३५ पुर्याउने बताईएको छ।

त्यसै गरि भवन, पार्क सरसफाई गर्ने प्रोपर्टी म्यानेजमेन्ट फर्महरूले २६ हजार डलर उपलब्ध गराईने साथै सरसफाई गर्ने कामदार र सुरक्षा कामदारहरुलाई थप भुक्तानी दिइने घोषणा गरिएको छ।

त्यसै गरि ट्राभल एजेन्सीहरूले ८० हजार डलर सम्म दावी गर्न सक्नेछन भने ठूला रेस्टुरेन्टहरूले २ लाख , र सानो रेस्टुरेन्टहरुले ८० हजार सम्म प्राप्त गर्न सक्नेछ्न। सडक (नाङ्ले) व्यापारीहरुले समेत ५ हजार सम्म प्राप्त गर्न सक्ने बताईएको छ।

त्यसै गरि अस्पताल प्राधिकरणलाई थप ४ अर्ब ७० करोड डलर विनियोजन गरिनेछ र सरकारले निजी फर्महरूलाई स्थानीय रुपमा भाईरस बाट बच्न फेस मास्क उत्पादनका लागि प्रोत्साहन स्वरुप प्रत्यक्ष अनुदान उपलब्ध गराउने बताएको छ।साथै पुनः प्रयोगयोग्य गर्न मिल्ने मास्कको निर्माणका लागि पनि सहयोग पुर्‍याउन सरकार तत्पर रहेको बताईएको छ।

लामका अनुसार सरकारले कर्मचारीहरुका निमित्त दुई महिना सम्म पुग्ने पर्याप्त मास्क उपलब्ध भएको बताउदै थप १६ लाख मास्क गैर सरकारी संस्था मार्फत आवश्यकिय वृद्धबृद्दा व्यक्तिहरुलाई हस्तान्तरण गरिने समेत बताएकी छिन।
ब्रीफिंगको क्रममा लामले भनिन ” हङकङमा अहिलेसम्म भाइरस प्रकोप ठूलो स्तरमा समुदायमा देखा परेको छैन, साथै स्वास्थ्य अधिकारीहरूले फेला परेको संक्रमणहरूलाई निरुपण गर्न सक्षम भएका छन्।”

प्रमुख कार्यकारी लाम स्वास्थ्य सचीव सोफिया चान सिउ-ची लगायत अन्य सरकारि अधिकारीहरु सहितको उपस्थित भएकी थिईन। सोफिया बाहेक सबै बिना मास्क उपस्थित भएका थिए। लामले प्रशासनका वरिष्ठ सदस्यहरू बिरामी भए वा भीडभाडमा जान परेमा मात्र मास्क प्रयोग गर्न निर्देशन दिएका थिए।
हङकङमा शुक्रबार साझ सम्म ५६ जना भाईरस द्वारा सङ्क्रमित भएका पक्का गरिएको छ, जस मध्ये एक को मृत्यु तथा एक को सफल उपचार पश्चात घर फर्किएका छन भने ५३६२ व्यक्तिहरुलाई घर मै अनिवार्य रुपमा क्वारेन्टाईन गराईएको छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार