एमटिआरले यात्री सेवा तथा कर्मचारी सेवा घटाउन  सक्ने

ब्यस्त समयमा समेत रेल भित्र खाली हुन थालेका छन।

हङकङमा सबैभन्दा भरपर्दो मानिएको भुमिगत रेल सेवा(एमटिआर) ले यात्री सेवाहरु कम गरि कर्मचारीहरु घटाउन सक्ने सङ्केत दिएको छ।

दुई एमटीआर स्टाफ युनियनहरूले आरटीएचकेलाई बताए अनुसार कोरोना भाईरस सङ्क्रमणको त्रासले ठूलो सङ्ख्यामा
यात्रीहरु रेल यात्रा गर्न छाडे पछि रेल सन्चालकले रेल सेवा घटाउन लागेको बताएका छन।

रेलवे कर्मचारी युनियन र रेलवे पावर दुई सस्थाले उक्त बिषय उपर छलफल गर्न यसै हप्ता एमटीआर व्यवस्थापन सङ्ग भेट गरेका थिए।

एक युनियनले बताए अनुसार लाइट रेल ले सेवाहरु यस हप्ता बाट घटाएका छन। ब्यस्त समयका बेला हरेक ४ मिनटमा छुट्ने लाईट रेल यात्रीहरु कम भए पछि हरेक ७ मिनटमा छुट्न थालेको छ।

यात्रीहरुको अभावका कारण सहरी क्षेत्रका एमटीआर लाईनहरुमा समेत चाडै त्यस्तै स्थिती सिर्जना हुन सक्ने अनुमान गरिएको छ।

उक्त प्रतिकुल परिस्थितिले युनियनहरू चिन्तित बनेका छन। रेल सन्चालकले कर्मचारीलाई बिना भुक्तानी बिदा दिन सक्ने, उनीहरूको ज्याला कटौती गर्न सक्ने साथै जागिर नै जान सक्ने कुराले उनिहरु चिन्तित बनेका हुन।

उक्त बिषयमा रेलवे कर्मचारी युनियनका ताम किन-चीउले भने ” एमटीआर कर्पोरेशनले यात्रुहरूको संख्या घटेकै कारण कर्मचारीहरूलाई कष्ट दिनु हुँदैन।” उनले थपे “अन्य कम्पनीहरूले गरेजस्तै हाम्रो पारिश्रमिक कटौती गर्ने, जागिर बाट निष्कासन गर्ने वा बेतलबी बिदा लिन बाध्य बनाउने जस्ता कदमहरु हामीलाई स्विकार्य हुनेछैन।”
हङकङमा प्रतिदिन झन्डै ५० लाख यात्रीहरुले रेल सेवा प्रयोग गर्दै आएको छ। हङकङमा मात्र झन्डै १८ हजार रेलवे स्टाफहरु कार्यरत छ्न।
आठ महिना अगाडि बाट सरकार बिरुद्दको आन्दोलनमा रेल स्टेसनहरु आन्दोलनकारीहरुको प्रमुख निशानामा परे पछि केही सङ्ख्यामा नेपालीहरु समेत सुरक्षाकर्मीको रुपमा कार्यरत रहेको छ्न। उनिहरु समेत कटौतीमा पर्न सक्ने सम्भावना रहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार