हङकङ सरकारका श्रम सचिव भन्छन, “बेरोजगारीमा तीव्र वृद्धि हुन सक्छ”

श्रम तथा कल्याण सचिव ल चि क्वोङ

हङकङ सरकारका श्रम तथा कल्याण सचिव ल चि क्वोङले गत शनिबार कोरोनाभाइरसको प्रकोपका कारण हङकङको रोजगारीको स्थितिमा तनाव उत्पन्न हुन सक्ने बताएका छन। ल का अनुसार शहरको बेरोजगारी दर ३.४% प्रतिशतबाट बढेर ५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेका छन।

सांसदहरूले गत शुक्रवार साझ सरकारले कोरोनाभाइरस बिरुद्द राहत प्याकेजका लागि घोषणा गरेको ३० अर्ब हङकङ डलर कोषलाई अनुमोदन गरेका छन। अनुमोदनका निम्ति भएको मतदानमा ५९ मत पक्षमा तथा ३ भोट बिपक्षमा खसेको थियो।

यद्यपि सांसदहरूले थप उपायहरू सुझाव दिँदै हङकङका सबै वयस्क बासिन्दाहरुलाई १० हजार डलर दिने, जागिर गुमाइसकेका वा बिना ज्याला छुट्टीमा बस्नेहरुलाई राहत कोष प्रदान गरिनु पर्ने जस्ता प्रस्तावहरुका बिरुद्द मतदान गरेका छन।

अनुमोदन पश्चात ल ले भने, ” महामारी-बिरुद्ध को राहत कोषले मूल रूपमा ब्याबसायीहरूलाई उनीहरूको व्यवसाय यथासम्भव जोगाउन मद्दत गर्ने प्रयास गर्नेछ, एक पटक रोजगारदाताहरूले व्यवसाय जोगाउन सके, रोजगार बन्द गर्न वा कर्मचारीलाई बर्खास्त गर्नुको सट्टा रोजगार जारी रहिरहने स्थिती सिर्जना गर्न सकिन्छ। जब महामारी समाप्त हुनेछ, तत पश्चात ब्याबसायले चाडै पुरानै चलायामान गति लिनेछ ।” ल ले थपे ” आम जनतालाई मद्दत गर्न म्याक्रो-स्तरका उपायहरू आवश्यक छन्, जुन अर्को हप्ताको बजेट समीक्षामा प्रस्तुत गरिने सम्भावना रहेको छ।”

क्याटरिङ क्षेत्रका प्रतिनिधित्व गर्ने लिबरल पार्टीका सांसद टमि चेउङका अनुसार धेरै रेष्टुरेन्टहरूमा ग्राहकहरू आउनै छाडेको बताउदै यस्ता विषम परिस्थितिमा उक्त अनुदानले रोजगारदाताहरुले आफ्ना कामदारलाई तलब भुक्तानका लागि प्रयोग गर्न सकिने बताएका छन।

लामो समय बाट सरकार बिरुद्द चलिरहेको आन्दोलनले तहसनहस बनाएको हङकङको आर्थिक संरचनालाई कोरोना भाईरस प्रकोपले थप सङ्कटमा निम्त्याएको छ। पर्यटन, होटल, रेस्टुरेन्ट, खुद्रा ब्याबसाय, निर्माण क्षेत्र लगायतका उद्योगहरुले अधोगती लिए पछि त्यसको प्रभावले हङकङमा बसोबास गरिरहेको नेपालीहरु समेत ठूलो सङ्ख्यामा बेरोजगारी हुन थालेको तथा थप बेरोजगारी स्थितिको सामना गर्नु पर्नेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार