हङकङमा हाम फालेर एक नेपाली महिला द्वारा आत्महत्या

  - बगैचा सम्वाददाता

हङकङमा एक नेपाली महिलाले भवनको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन्।

२९ वर्षीय नेपाली महिलाले गत शनिबार अपरान्ह करिब साढे बाह्र बजे वान चाइ रोड ४०-५४ अवस्थित एक निजि आवाशिय भवनको ७ तला अग्लो छतबाट हाम फालेकि हुन।

घटनाको प्रत्यक्षदर्शीहरुको अनुसार दुर्घटना पुर्ब उक्त महिलाको अनौठो गतिविधि देखे पछि सहयोगको लागि प्रहरीलाई खबर गरेका थिए।प्रहरीको उपस्थिति सङ्गै उद्दारकर्मीहरुको अनुरोध पश्चात तिनि सुरक्षित स्थानमा फर्किन राजी भएकी थिईन। तर फर्कने क्रममा अचानक सन्तुलन गुमे पछि उनी खसिन। सडकमा टाउको बजारिएको घाइते महिला लाई उपचारका लागी एम्बुलेन्स द्वारा नजिकको रोतोन्जी अस्पताल लगिएको थियो। अस्पताल पुर्याईए पश्चात तिनलाई मृत घोषणा गरिएको थियो।
प्राप्त जानकारी अनुसार मृतक  बृृृषिका राई धरान चौकिबारि निबासी हुन।लामो समय बाट परीवार बाट एक्लैै बस्दै आएकी अविवाहित बृषीकाका एक दाजु र  बाबा आमाहरु बेलायतमा बस्दै आएको तथा एक दिदी सिङ्गापुरमा छन।। आत्महत्या गर्नु पुर्ब मृतकले फोन मार्फत सिङ्गापुरमा रहेकी आफ्नी दिदी सङ्ग लामो कुराकानी गरेको समेत खुल्न आएको छ।
आत्महत्याको रहस्य बारे प्रहरीले अनुसन्धान शुरु गरेको छ भने निजको पार्थिव सरिर नेपाल लैजाने तयारी भै रहेको उनका आफन्तहरुले बताएका छन।

निजलाई नजिक बाट चिन्नेहरुले भने तिनी डिप्रेसनका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। उनी एकान्तमा बस्न रुचाउने, भिडभाडमा झर्कने, पुस्तक अध्यायन गरिरहने, केही अस्वाभाविक कुराहरु गर्ने जस्ता थाह लागेको छ।

हङकङको जनसंख्या करिब ७५ लाख रहेको छ। हरेक १ लाख मध्ये १२ जनाले आत्महत्या गरेर ज्यान गुमाउछन। आत्महत्या गर्नेमा महिला भन्दा पुरुष सङ्ख्या दोब्बर रहेको छ। हरेक 1 लाख पुरुषहरु मध्ये १६.२ ले आत्महत्या गर्ने गरेका छन भने १ लाख महिलाहरुमा ८.८ ले आत्महत्या गरेको तथ्यांक रहेको छ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार