हङकङमा नेपाली नया बर्षको धमाका हुने,

  - बगैचा सम्वाददाता

हङकङमा नेपाली नया बर्ष धमकाका साथ मनाउने तयारी भैरहेको छ। आगामी अप्रिल १२ तारिक सााझ जोर्डन स्थित ब्लु ओसन रेस्टुरेन्टमा काउन्ट डाउन का साथ सम्पन्न गरिने जानकारी आयोजक रजिन मगरले बगैँचा डटकम लाई बताए। नयाबर्षलाई  स्वागत गर्दै “न्यू ईयर ईभ” लाई थप रौनक पार्न साङ्गितिक समुह गोर्खा ब्यान्डको आकर्षक प्रस्तुती हुने तथा थप नाचगान तथा मनोरञ्जनका लागि डिजे समेतको ब्याबस्था गरिने रजिनले बताएका छन।
“सरकार बिरोधी आन्दोलन तथा कोरोना भाईरसको सङ्क्रमणको अवस्थामा किन यस्तो कार्यक्रम गर्न पर्यो?” भन्ने बगैचाडट कम को प्रश्नमा रजिनले भने ” प्रथमतः डायस्पोरामा रहे पनि हामीलाई आफ्नो देश नेपालको अगाध माया छ। त्यसैले आफ्नो नेपाली सस्कृती र परम्परालाई आत्मसात गर्दै त्यसको जगेर्ना गर्न र निरन्तरता दिन नयाबर्ष मनाउन लागिएको हो, फेरि जस्तो सुकै परिस्थिति भए पनि खुशी हुन र रमाउन छाड्नु हुन्न, यो जीवनको एक पाटो हो, त्यसैले हङकङमा प्रतिकुल अवस्था भए पनि नेपाली नया बर्ष हासो र खुशीका साथ धेरै भन्दा धेरै नेपालीहरु भेला भएर मनाउन लागिएको हो”।चैत्र मसान्तमा नयाबर्ष बैशाख १ गते लाई स्वागत गर्दै मनाउन लागिएको उक्त कार्यक्रम बफेट डिनर सहित लेट नाईट सम्म चल्ने मनोरञ्जनात्मक कार्यक्रममा तीन सयको हाराहारीमा नेपालीहरुको उपस्तिथि हुने आयोजक रजिनले आशा गरेका छन।

बिगतमा समेत रजिनले विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रमहरु सफलताका साथ सम्पन्न गरिसकेका छन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार