हङकङ सरकारले ६० पटक प्रयोग गर्नयोग्य मास्क निशुल्क बितरण गर्ने

हङकङ सरकारले सबै हङकङबासि नागरिकहरूलाई पुन: प्रयोग गर्न सकिने मास्क, निःशुल्क बितरण गरिन लागेको कुरा अधिकारीहरूले खुलासा गरेका छन् । उनीहरुले भविष्यमा उक्त मास्कको फिल्टर पनि बितरण गरिने बताएका छन् ।

मास्क बितरणको लागि मे ६ तारिक बुधबार देखि जुन ६ तारिकसम्म अनलाइन दर्ता खुला गरिने छ । बिदेशमा रहेका हङकङे नागरिकहरूको लागि मे १३ देखि अनलाईन दर्ता खुला गरिने छ । तर उनिहरूले हुलाक मार्फत डेलिभरीका लागि स्थानीय ठेगाना अनिवार्य खुलाउनु पर्नेछ ।

प्रत्येक आवेदकले ६ जना सदस्यको नाम दर्ता गर्न सक्नेछन् । आवेदन प्रमाणित भएमा रेजिष्ट्रेसन गरेको दुई हप्ता भित्र सम्बन्धित ब्यक्तिहरूसम्म हुलाक मार्फत मास्क पुर्‍याइनेछ ।

हङकङ सरकार नागरिकहरूलाई पुनस् प्रयोगयोग्य मास्कहरूको लागि फिल्टर पनि आपूर्ति गर्ने सोचमा छ । तर यो कुरालाई कोभिड-१९ को बिकासक्रमले निर्धारण गर्नेछ’, इनोभेसन टेक्नोलोजीका सचिव अल्फ्रेड सिट विङ हाङले भने ।

हङकङ रिसर्च इन्स्टिच्युट अफ टेक्स्टाइल एन्ड एपेरलका सीईओ एडविन केह, जसले मास्क डिजाइन गर्‍यो, उनले भने- ‘मास्क उत्पादनमा दुई फरक प्रकारका कार्यहरू छन्- जसमा ‘मास्कले भाइरस फिल्टर गर्न सक्छ, र मास्कमा जडित तामाको तत्वले भाइरसलाई दमन गर्छ ।’

उनले भने प्रत्येक प्रयोग पछि मास्कलाई साबुन पानीले धुन सकिने छ, र यसलाई ६० पटक प्रयोग गर्न सकिन्छ । प्रत्येक पटक आठ घण्टा लगातार प्रयोग गर्न सकिने छ ।

मास्कलाई सार्वजनिक रूपमा नि:शुल्क प्रदान गरिने भए तापनि यसको कच्चा पदार्थ, उत्पादन खर्च र ढुवानी समेत यसको मूल्य हङकङ डलर ४० पर्ने कुरा ईन्नोभेटिभ टेक्नोलोजीका लागि स्थायी सचिव एनी चोई सुक-हानले खुलाए ।

हालसम्म सरकारले करीव ८० लाख देखि ९० लाख मास्कहरू तयार पारेको छ, जसमा बालवालिका र प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई प्रति ब्यक्ति दुई-दुई थान अर्को महिना कक्षा शुरू हुन अघि सिधै स्कूलमा पुर्‍याइनेछ ।

१ लाख ४० हजार थानभन्दा बढी मास्क वृद्धवृद्धा व्यक्ति र घरविहीनलाई हेरचाह गर्ने केयरगृह र गैर-सरकारी संस्थाहरूमार्फत उपलब्ध दिइनेछ ।

Online Registration, CuMask+ (Open 7 am, Wednesday for one month)

http://www.qmask.gov.hk

स्रोत: SCMP

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार