हातको गिलास

राम के.सी. बिवस बागलुङ गलकोट, हाल हङकङ

 

हातको गिलास भुईमा खस्दै थियो

अह मैले खस्न दिईन

खसेको भए सायद टुट्थ्यो होला

टुक्रा ट्क्रा भएर फुट्थ्यो होला

अह मैले खस्न दिईन,

 

मेरा जिन्दगी पनी कता कता त्यस्तै थियो

कुनै लतमा फस्न दिईन

फसेको भए सायद मृत्यु रोज्थ्यो होला

कतै एकान्त कतै सुनसान खोज्थ्यो होला

अह सम्हालेर राखे फस्न दिईन,

 

मेरो मन पनी कता कता त्यस्तै थियो

कसैको माया मोहमा बस्न दिईन

बसेको भए यो घर देखी टाढा हुन्थे होला

कतै एकान्तमा बसेर जिन्दगी देखी रून्थे होला

अह सम्मालेर राखे बस्न दिईन,

 

मेरो नयनहरू पनी कता कता त्यस्तै थियो

कसैलाई यो नजरमा मिलाएर हेर्न दिईन

हेरेको भए आज यादहरू टिलपिल हुन्थे होला

कतै चौतारीमा बसेर पल पल रून्थे होला

अह सम्हालेर राखे, थोपा आसु खस्न दिईन ।

बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका गरिएको कविता, भाग २ ।

संयोजन: मगेन्द्र राई, सन्तोष तामाङ ‘बिश्वास’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार