हङकङ नेपाली महासंघले पायो सरकारी भवन

  टोपबहादुर याक्खा

२९ अगष्ट, हङकङ– हङकङस्थित नेपाली संघ संस्थाहरुको छाता संगठनको रुपमा रहेको हङकङ नेपाली महासंघले मङककस्थित सरकारी भवन निशुल्क पाएको छ । हङकङ एकीकृत नेपाली समाज (हिन्स) पछि सरकारी भवन पाउने महासंघ दोस्रो नेपाली संस्था हो ।
शनिबार साँझ उक्त नयाँ कार्यालय कक्षमा महासंघकद्धारा जानकारी सभाको आयोजना गर्दै महासंघमा आवद्ध विभिन्न संघसंस्था लगायत समाजसेवी तथा पत्रकारहरुलाई जानकारी गराईएको हो ।
नेपालीहरुको बाकुलो बसोबास रहेको जोर्डन र याउ मा तेईबाट पायक पर्ने मङककस्थित ५८० नाथन रोड, नाथन सेन्टरको १५ तलामा रहेको उक्त कोठाको क्षेत्रफल करिब छसय स्क्वायर फिट रहेको महासंघका वर्तमान अध्यक्ष टंक रानाले बताए । महासंघका भूतपूर्व पदाधिकारी देखि लिएर वर्तमान कार्यसमिति, महासंघमा आवद्ध संघसंस्था तथा समग्रमा समस्त हङकङबासी नेपालीहरुको चाहाना र प्रयास स्वरुप उक्त भवन प्राप्त गर्न सफल भएको वताउँदै अध्यक्ष रानाले कोरोनाको अवस्थामा सुधार आउँन साथ सम्भवतः अक्टुरबतिर हङकङ सरकारको गृहमन्त्री लगायत विभिन्न सरकारी उच्च अधिकारीहरुको उपस्थितिमा उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । महासंघद्धारा प्राप्त भवनमा समस्त हङकङबासी नेपालीहरुको स्वमित्व बराबर रहने हुदा महासंघमा आवद्ध संगै बाहिर रहेका संघसंस्थाहरुले पनि हलको पर्याप्तता र प्राथमिकताको आधारमा प्रयोग गर्न पाउँने समेत अध्यक्ष रानाले बताए ।
हङकङ सरकार र सरोकारवालाहरु समक्ष लामो समय देखि महासंघ तथा समग्रमा नेपालीहरुका लागि सरकारी भवनको माग राख्दै आएकोमा धेरै पछि प्राप्त गर्न सफल भएता पनि नेपाली समुदायको लागि केही सानो भएको गुनासो राख्दा हाललाई यसैबाट काम चलाउँदै गर्न र निकट भविश्यमै ठूलो क्षेत्रफलको भवन दिलाउँने प्रतिबद्धता समेत आइसकेको महासंघकी निवर्तमान अध्यक्ष तथा सी.एस.टी.एन. प्रोजेक्ट प्रमुख रिता गुरुङले जानकारी दिइन । हाल प्राप्त हलमा तीस पैतिस जना सम्मको बैठक तथा कार्यक्रमहरु संचालन गर्न सकिने छ ।
महासंघका अध्यक्ष टंक रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एन.आर.एन.ए.की अध्यक्ष टिका गुरुङ, च्याम्बर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, आदिबासी जनजाती महासंघका निवर्तमान अध्यक्ष एम.बी.थापामगर, महासंघका सल्लाहकारहरु हेजेन राई, प्रदिप थापा लगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले शुभकामना मन्तब्यसंगै महासंघलाई बधाई दिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार