विष्णुकुमारको ‘यो जीवन’ सार्वजनिक

काठमाडौं, १० मंसिर । नेपाली सांगीतिक क्षेत्रका अर्को एक इँटा थपिएको छ । गीतकार विष्णुकुमार इङ्नामले आधुनिक गीतहरुको डीभिडी संग्रह ‘यो जीवन’ ल्याएका छन् । उक्त एल्बमको शनिबार राजधानीमा सार्वजनिक गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुृलपति तथा कवि बैरागी काइँलाले विष्णुकुमारको ‘यो जीवन’ सार्वजनिक गरेका थिए । ‘यो जीवन’ सार्वजनिक गर्दै कवि काँलाले भने, ‘गीतकार विष्णुकुमारको यो जीवन एल्बमले नेपाली सांगीतिक क्षेत्रमा ईटा थप्ने काम मात्र गरेको छैन । यस एल्बमले नेपाली सांगीतिक क्षेत्र र कलाकारलाई जिवन्तता दिएको छ ।’

प्राज्ञ तथा बरिष्ठ संगीतकार शान्तिराम राई, गीतकार मीना सिंगक, वाईवाईएका अध्यक्ष तथा पत्रकार विश्व लिम्बुललगायत कलाकारकाहरुको बाक्लो उपस्थितिमा ‘यो जीवन’ सार्वजनिक गरिएको थियो । एल्बमबारे संगीतकार शान्तिरामले समीक्षा गर्दै भने, ‘गीतकार विष्णुकुमार नेपाली गीति लेखनमा अब्बल रुपमा देखिएका छन् । ‘यो जीवन’का गीतहरु जिवन्त छन् ।’ उनले गीतकार विष्णुकुमारको अभिनयको पनि प्रशंसा गरे । विष्णुले संग्रहमा रहेका केही गीतमा आफैले मोडलिङ गरेका छन् ।
एक दशकभन्दा लामो समययता हङकङ बस्दै आएका इङ्नामको ‘यो जीवन’ पहिलो एकल गीति एल्कम हो । तेह्रथुममा जन्मेर हङकङलाई कर्मथलो बनाउदै आएका गीतकार इङ्नाम सानैदेखि गीति लेखनमा रुचि राख्थे । त्यही आफ्नो रुचि र रहरलाई पूरा गर्ने क्रममा ‘यो जीवन’ तयार भएको उनले बताए ।

गीतकार इङ्नामको ‘यो जीवन’ भीसिडी संग्रहमा जम्मा ६ वटा गीत छन् । संग्रहमा ‘नाता तोड्यौ’, ‘यही हो मेरो तेह्र्रथुम जिल्ला’, ‘यो माया हो’, ‘चासोक तङ्नाम’, ‘पहाडकी रानी’, र ‘यो जीवन’ बोलका गीत रहेका छन् । जसमा मनोज सेवा, दीपक लिम्बू, सञ्जय तुम्रोक, मिलन अमात्य, मेलिना राई र सुनिता थेगिम लिम्बूको स्वर रहेको छ भने संगीत मविन्द्र राई सञ्जय तुम्रोक र धनु घ्याङ्मीको छ ।

‘यो जीवन’भित्रका गीतहरुको भिडियोको निर्देशन रणवीर लिम्बू (रवि सेर्मा), कमल एक्चैमगर र मविन्द्र राईले गरेका छन् । ती भिडियोमा विष्णुकुमार इङ्नाम, बबिता फोम्बो, रेखा फागो, सिर्जना निङलेखु,याङ्जोम शेर्पा, मीना मादेन ‘नुमाफुङ’, टिआर सुब्बा, सुजाता ढकाल, सुल्तान इदिङ्गो, विशाल सेनेहाङ, राम इङ्नाम, सविना सेर्मा, तान्छोहाङ इङ्नामलगायतका कलाकारले अभिनय गरेका छन् ।

ती भिडियोमा भुपेन्द्र तुम्बाहाम्फे, निरज श्रेष्ठ, लोलिम पोमु, मज्जाको राज खिम्दिङ, सञ्जिव श्रेष्ठ र वृजेश श्रेष्ठको छायांकन रहेको छ भने सम्पादन नविन निरौला, कमल एक्चैमगर, राजन पुवार र मघराज मगरातीले गरेका हुन् ।
कार्यक्रममा गायिका मिलन अमात्य र मविन्द्र राईले एल्बमको शीर्षक गीत गाएका थिए । लिम्बु पहिरन र गरगहनामा सजिएर आएकी मिलनले एउटा लिम्बू भाषाको गीत पनि सुनाइन् ।

लिम्बू भाषाको गीत गाउन पाउदा आफूलाई गर्व लागेको भन्दै मिलनले भनिन्, ‘आज मलाई लिम्बूनी भन्दा पनि फरक पर्दैन् ।’ किरातीहरुको पर्व चासोक तङ्नाम नजिकिरहेको अवस्थामा मिलनले लिम्बू गीत गाएकी हुन् । जुन गीत विष्णुकुमारले नै लेखेका हुन् भने संगीत उत्तमजंग लिम्बुले गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार